बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार हरुले आफुले गर्ने कार्य योजना सहित घरदैलो अभियान अघि सारेका छन् ।
यसैक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर १ का उम्मेदवारहरुले नेतृत्वमा महिला विकासमा पहिला  भन्ने नारा सहित घरदैलो अभियानमा दौडिएका छन् ।
एमालेको तर्फबाट भिमफेदी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष उम्मेदवार पञ्च माया स्याङतान सहितको टोलीनै घरदैलो अभियानमा घरघरमा पुगेका हुन् ।
जनताले खोजेको, नेतृत्वमा महिला विकासमा पहिलाू भन्ने नारासँगै बुङदल दोभान, आँपखोल्सी, कप्सेरी, रातोडाँडा, झोरमा लगायतका स्थानमा पुगेर जनताले चहे अन्सार काम गर्ने प्रतिवद्धता जनाए ।
नेकपा एमालेको तर्फबाट पञ्च माया स्याङतान सहित सदस्य महिला दिल कुमारी मोक्तान, दलित महिला सदस्य निर्मला सुनार, सदस्य हरु मिम लाल तितुङ, मनमुकार भोम्जन रहेका छन् ।