बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि पार्टीको तर्फबाट देखि स्वतन्त्र र बागी उम्मेदवारी समेत दिएका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेद्वार बन्दै  लिलाकुमारी आचार्य (बबिता )ले मनोनयन दर्ता गरेकि छन् ।

राजनीतिक दलले पटक–पटक जितेपनि आम जनताको जीवनमा कुनै परिवर्तन नभएको अवस्थामा जनताको जीवनयापनमा परिवर्तन ल्याउनका लागि उम्मेदवारी दिएको बताईन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ कि स्थायी वासिन्दा तथा युवा ब्यवसायी समेत रहेकि आचार्यले समृद्ध उपमहानगर बनाई भु -माफिया गुन्डागर्दी र भ्रष्टचार अन्त्य गर्ने लक्ष रहेको उल्ल्ेख गरेकी छन् ।

राजनीति दल हाबी हुँदा स्थानीय तहमा भनेजस्तो विकास नभएको अवस्था र स्वार्थहरुको समूह मौलाएको समयमा स्वतन्त्र हैसियतबाट हेटौँडा उपमहानगरको मेयरमा उम्मेद्वार दर्ता गराएको उनको भनाई छ ।

बबिता भन्छिन्  “पालिकामा जनताको कामगर्ने राम्रो जनप्रतिनिधि को आवश्यक छ । जनतामा रहेको आकांक्षंको पक्षमा उभिएर भएका बेतिथीको अन्त्य गरि अहिले सम्म राजनिती गर्नेहरुले समाजमा गर्न नसकेको काम गर्न मैले उम्मेदवार दिएकी हुँ । कुनै पनि राजनीतिक दलबाट नभएर स्वतन्त्र उम्मेदवारी हो ।राजनीति पार्टी भन्दा फरक ढङ्गले नँया जोस र जागर सहित एउटा चेतना संगै भौतिक पुर्वाधार बिकास निर्माणलाई तिब्रगतिमा अघि बढाउने योजना पनि छ । पालिकमा सम्मान रुपले बिकाश उन्नति गर्ने र महिलाको हकमा अनिवार्य शिक्षा लागु गर्ने, रोजगारी प्रदान गराउने समेत योजन छ । युवाहरुमा विकासको सोच अन्य ब्यक्तिमा भन्दा धेरै हुन्छ । म निर्वाचित भएमा पाँच वर्षभित्र पालिकाको सबै क्षेत्रमा जनतको सल्लाह सुझाव र भनाई अनुसार काम गर्ने सोच रहेको छ । पार्टी नभनी यो पटक मतदान गरि काम गर्ने मौका दिनुहोस् ।”