हेटौडामा मिटर ब्याजमा ऋण लिएका ब्यक्तिहरुले आफूहरु मारमा परेकाे भन्दै आइतबार पत्रकार सम्मेलन गरेका छन् ।
आफूहरुले ऋण लिएर साँवा ब्याज भुक्तान गरे पनि साहुले ब्याज लिन नछोडेको उनीहरुको गुनासो छ ।
एक ब्यक्तिका अनुसार उनले २०७४ सालमा ५ लाख ऋण लिएका थिए । उनले साँवा ब्याज तिरिसकेको तर ऋण दिनेले ऋण दिँदा गरेको कागज फिर्ता गरेका छैनन् । उनले ऋण ५ लाख मात्र लिएको तर कागज भने १० लाखको गरेको बताए ।
मिटर ब्याजमा ऋण लिएका दुई दर्जन भन्दा बढि पिडितहरु रहेका छन् । पत्रकार सम्मेलन मार्फत मिटर ब्याजमा ऋण लगाएको एक ब्यक्तिलाई आरोप लगाइएको छ । उनले ऋण दिँदा दिएको रकमभन्दा ज्यादा झण्डै दोब्बर रकमको कागज गराई दुःख दिने गरेको पिडितहरुको गुनासो छ ।























प्रतिक्रिया दिनुहोस्