हेटौंडा उपमहानगरपालिका भित्र टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

उपमहानगरपालिकाको १९ वटै वडामा रहेका बालबालिकालाई आउदो चैत २५ गतेदेखि वैशाख ५ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको उपमहानगरपालिकामा रहेको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

हेटौंडाका बिद्यालयसहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत् खोप लगाइने भएको हो भने खोप विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई लगाइने लक्ष्य रहेको बताएका हुन् ।

देशैभर सञ्चालन हुने अभियान अन्तरगर्त सुरुवात मकवानपुरको मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु गरिने बताए ।

विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर अभियानमा ५६ हजार ४ सय बालबालिकालाई लाई प्रदान गरिन लागेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

संघीय स्वास्थ्य तथा जनसख्यामन्त्री बिरोध खतिवडाले उदघाटन गर्दै चल्ने अभियानम जन्मिएको १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उनले बताएका हुन् ।

नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको अवस्था रहेसंगै अरु उमेर समूहभन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको पाईएको उनको भनाई छ ।