सोह्र वर्षे जवानीमा

मै पनि झिल्के हुँदो हुँ

अहिले पो बूढो भएँ त!

हाम्रो समाजले बनाएको गीत हो यो। हामीले सुन्ने–गाउने गीत हो यो। यसले सोह्र वर्षे केटालाई लक्का जवान भएको बुझाउँछ।

केटीको सन्दर्भमा ‘सोलह बरस की बाली उमरको सलाम’ र ‘मैं सोलह बरस की, तू सत्रह बरस का’ जस्ता गीत प्रतिभाशाली गायिकाहरूको मदमत्त आवाजमा सुन्दै हुर्केका हौं हामी।

‘उनकै छोरी तरुनी, हामीलाई केको दोष?’ गीत लोकप्रिय हुने समाज हो यो। ‘तरुनी’ शब्दले तरुणावस्थामा प्रवेश गरेकी बालिकालाई जनाउँछ। यो भनेको प्रारम्भिक किशोरावस्थाको उमेर हो।

अनि हाम्रो गाउँघरमा छोरी यस उमेरमा आउँदाआउँदै अभिभावकलाई कन्यादानको पिरलो भइसकेको हुन्छ, यद्यपि ‘कन्यादान’ उपयुक्त शब्द होइन।

कानुन भन्छ, १८ वर्ष पूरा नभएका किशोर–किशोरी नाबालिग हुन्।

बीस वर्षभन्दा मुनिको विवाहको कानुनी हैसियत हुँदैन। अनि, छोरीको उमेर बढाएर जन्मदर्ता बनाउन थालिन्छ। उदेश्य हो, छोरीलाई छिटै बिहे गरिदिन सकियोस्। तर, छोराको भने सकेसम्म उमेर घटाएर जन्मदर्ता गरिन्छ।

छोराले त जागीर खालान्, पुलिस–आर्मीमा लाग्लान्। भारतीय वा बिट्रिस सेनामा जालान्। नियम–कानुनले कागज हेर्छ।

उमेर घटाउँदा छिटो सेवानिवृत्त हुँदैन। निरक्षर गाउँले पनि आफूलाई चाहिने जुक्ति निकाल्छ। आफूलाई चाहिने जति बुद्धि सबैसित हुँदो रहेछ !

अनि, सत्र वर्षे किशोरीलाई नाबालिग मान्न समाज तयार हुँदैन भने के–को आश्चर्य? तिनमा अभियुक्त नायकका प्रशंसक मात्र छ्रैनन्।

नेपाली सिनेमासित सरोकार नभएका हाम्रै समाजका शिक्षित महिला–पुरुष पनि छन्, बज्रुकहरू पनि छन्, किशोरीहरू नै पनि छन्।

तिनले पनि अभियोगीलाई नै दोषी देख्छन्। त्यस्तै खालका अभिव्यक्ति प्रकट गर्छन्। उनैमाथि खनिन्छन्। यो हाम्रो समाज हो। हाम्रो समाजको वास्तविकता हो।

कानुनविद् र अधिकारवादीहरू अचम्ममा पर्छन्। प्रदर्शन र अभद्र टिप्पणीहरूविरुद्घ कुर्लन्छन्।

बुझिन्छ, विज्ञ र जनसाधारणबीच अगम्य खाडल छ। खाडल कसैले देख्दैन, हेर्न खोज्दैन।

दुई पक्ष वारिपारि बसेर एकअर्काविरुद्ध तीखा–तीखा व्यंग्ग्यवाण प्रहार गर्छन्। एकातिरबाट कानुन सम्झाउन थालिन्छ।

एउटी कानुनको विद्यार्थी र अधिकारवादी लेख्छिन्, ‘अठार वर्षमुनि भनेपछि स्वतः बलात्कार हो। कुरै सक्किगो!’ अर्कोतिरबाट जवाफ आउँछ, ‘म त मेरी आमा पन्ध्र वर्ष हुँदै जन्मेको। के म बलात्कारीको सन्तान हो ?’

हाम्रो समाज, यौन र मञ्जुरीको उमेरः एक मन्थन

आर मानन्धरले लेख्नुभएको हो ।।

विस्तृत जानकारीका लागि पुरा पढ्न तल नागरिक न्युजको लिङ्कमा छ ।।

https://nagariknews.nagariknetwork.com/arts/784051-1648861439.html