हेटौंडामा । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारा सहित ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
आईतबार मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा मनाईएको सहकारी दिवसको अवसरमा ¥याली सहित होटौंडा नगरको परिक्रमा गरेको थियो ।
समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
सोहीक्रममा सहकारी अभियानमा सक्रिय रहेका बद्री प्रसाद लम्साल नारायणी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडा, युवा वचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ र साना किसान कृषि सहकारी संस्था, मनहरी ८ लाई सम्मान गरिएको हो।
सहकारी दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिता जनाएको भन्दै हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत सहकारी संस्था लिमिटेड प्रथम, हेटौंडा–१३ को महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वितीय, हेटौंडा–१२ को महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाई तृतीय घोषणा गर्दै नगद रकम सहित सम्मन गरिएको थियो ।
सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई पनि खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको हो ।
मकवानपुर जिल्ला कृषि सहकारी संघको समन्वयमा मकवानपुरका किसानद्धारा उत्पादित फलफूल, तरकारी तथा गेडागुडीजन्य उत्पादनको प्रदर्शनी सहित विक्रीका लागि स्टल समेत राखिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको आतिथ्यता रहेको थियो।
त्यस्तै सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास बोर्डको सदस्य समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेब अधिकारी, मकवानपुर जिल्ला बहुउद्देश्यी सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्