शुक्रबारदेखि साउथको प्रतिक्षित फिल्म नेपालका लागि हिन्दी भाषामा प्रर्दशन भएको ‘आरआरआर’ ले हल संचालकहरुमा फेरि आसा पलाएको छ ।
बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म भएकाले पनि दर्शकहरुको पर्खाइमा रहेको फिल्मले बक्स अफिसमा सुनामी नै ल्याउने आकलन गरिएको हो ।
नेपालभरि प्रर्दशन भएसंगै हेटौँडा ४ मा रहेको एनएस सिनेमा हलमा पनि शुक्रबारदेखि प्रर्दशन भएको छ ।
जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण तीन चर्चित स्टार लगायतको जोडदार अभिनय रहेको र राम्रै कमाई गर्ने अपेक्षा रहेको हल प्रोपाइटर नवराज आचार्याले बताए ।प्रर्दशनको दिनमा एनएस सिनेमा हल भरिभराउ रहेको छ भने चलचित्र हेरेर निस्कन र चलचित्र हेर्न पर्खाइमा बसेका दर्शकहरुले निर्देशकको निर्देशन कथा बस्तुदेखि कलाकारको अभिनय राम्रो भएमा दर्शक आफै हलसम्म पुग्ने बताउँछन ।
नेपालमा पछिल्लो समय साउथको क्रेज बढाएको अवस्थामा निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्मले दर्शकहरु तानिएको बताए ।
निर्देशकले नेपाली दर्शकलाई सम्बोधन गरेर भिडियोमार्फत नेपाली दर्शकलाई फिल्म रिलिज बारे बताएपछि दर्शकहरुले रोजाइमा राखेको फिल्म हेर्न उत्साहित रहेको भिडले अनुमान गर्न सकिन्छ।यसैक्रममा साउथको हिन्दी डब चलचित्रलाई शानदार २ वटा पर्दमा र थ्रिडीमा पनि हेर्न पाईने हल संयोजक किशोर राज पौडेलले बताए ।
चलचित्रलाई हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर –057-524718 अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।














प्रतिक्रिया दिनुहोस्