नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र अभिनेता धिरेन शाक्य पाल्पाको रानीमहलमा आयोजना हुने ‘सञ्जय मेमोरियल राष्ट्रिय महिलाबीच भलिबल’ प्रतियोगिताको सद्भावना दूतमा नियुक्त भएको छ । बिच भलिबल पाल्पाको तानसेनस्थित रानीमहलमा चैत २४ देखि २६ गते आयोजना हुँदै छ ।

फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याती कमाउन सफल शाही र शाक्यको नियुक्तिले प्रतियोगितालाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास फाउन्डेसनले लिएको छ । साथै, यस प्रतियोगिताको सफल आयोजना र सञ्चालनका लागि पूर्वगभर्नर चिरञ्जीवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

तीनवटा विभागीय टिम र सात प्रदेशका टिमलाई समावेश गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समावेश हुनेछन् । बिच भलिबलको माध्यमबाट पाल्पाको रानीमहलको पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको आयोजकले जनाकारी गराएको छ ।

यो समाचार राजधानिबाट साभार गरिएके हो