हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा सुरु भएको स्वतन्त्र दिवसको फुटबल प्रतियोगिता सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई ३ ठाउँबाट सहयोग मिलेको छ । हेटौंडा फुटबल एकेडेमीको टोलीलाई हेटौंडा-४,स्थित हेटौंडा स्कुल अफ म्यानेजमेण्ट सोसिएल एण्ड साइन्स कलेज , हेटौंडा-५,स्थित ज्ञानदीप शिक्षा निकेतन (जीएस) बोर्डिङ र हेटौंडा-२,कान्तिराजपथ स्थित हिमालय कफी बारिष्टा एण्ड तालिम सेन्टरबाट प्रतियोगितामा सहभागी हुनका निमित्त आवश्यक सहयोग मिलेको हो ।
हेटौंडा स्कुल अफ म्यानेजमेण्ट सोसिएल एण्ड साइन्सका प्रिन्सीपल पुरन बहादुर जोशीले ५ हजार रुपैयाँको नगद, जीएस निकेतन बोर्डिङका प्रिन्सीपल इश्वर प्रसाद लामिछानेले ४ हजार रुपैयाँको नगर र हिमालय कफी बारिष्टा एण्ड तालिम सेन्टरका सञ्चालक रन्विर मगरले ५ हजार रुपैयाँ बराबरको २५ थान जुराफ सहयोग गरेका हुन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरन बहादुर जोशी र जीएस निकेतनका प्रिन्सीपल इश्वर प्रसाद लामिछानेसँग हेटौंडा फुटबल एकेडेमीका सहायक टिम म्यानेजर रशिष आले मगरले प्रस्ताव राखेपछि र कफि वारिस्टबाट एकेडेमीका प्रशिक्षक भीम लामाले प्रस्ताव राखेपछि आवश्यक सहयोग मिलेको बताएका छन् ।
यस्तै यस अघि ए डिभिजन खेलाडी कृशल मोक्तान र काठमाडौ कलेजका गेन्द्र लामाबाट पनि आवश्यक जर्सी कट्टु सहयोग पाइएको थियो । हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ । पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमी लगातार दोस्रो र तेस्रो पटक भने विजेता बनेर एक लाख रुपैयाँको नगद पुरस्कार जितेको छ । हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ ।
पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमी लगातार दोस्रो र तेस्रो पटक भने विजेता बनेर एक लाख रुपैयाँको नगद पुरस्कार जितेको छ । गत वर्ष मुनसोङमा सम्पन्न फाइनल खेलमा आदर्श युथ क्लब सिङ्ताङलाई ४-१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले उपाधी जितेको थियो । एकेडेमीको टोली भोलि आइतबार साँझ सिक्किम प्रस्थान हुनेछन् ।


















प्रतिक्रिया दिनुहोस्