हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको फिचर लेखन प्रतियोगितामा राष्ट्रिय समाचार समिति -रासस) मकवानपुर जिल्लाकी संवाददाता अञ्जली थापा सर्वोत्कृष्ट भएकी छिन् । बिहीबार हेटौंडामा एक समारोकाबीच सार्वजानिक गरेको नतीजा अनुसार प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव समेत रहेकी अञ्जली थापा सर्वोत्कृष्ट घोषित हुँदै ४५ हजार रुपैयाँको नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी हुन् । हेटौंडा उपमहानगरपालिका भित्र रहेको क्षेत्रको विकासलाई प्राथमिकतामा समेटेर फिचर लेखनु पर्ने नियम लागू गरिएको थियो । रासस संवाददाता थापाले कृषि सम्बन्धी विषयलाई समेटेर गुन्द्रुकको गृहत सम्बन्धी कुराको विषयमा फिचर लेखेकी थिइन् ।
यस्तै, फिचर लेखन प्रतियोगितामा कृष्ण विष्ट -सुनिता), नवीन राउत, रुपक कालिराज, प्रतिक्षा न्यौपाने, आरती ढकाल, सन्तोष विक,वसन्त भण्डारी र जमुना थिङको फिचर समाचार भने उत्कृष्ट १० मा पर्न सफल भएको हो । रातो समाचारका संवाददाता रोहित थापा क्षेत्रीको र सबै समाचारका पत्रकार गोविन्द प्रसाद न्यौपानेको फिचरले भने प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । पत्रकार महासंघले असार २ गते पहिलो चरणको सूचना सार्वजानिक गर्दै प्रतियोगितामा सहभागी हुन अनुरोध गरेर असार १० गतेसम्म समाचार इमेल मार्फत पठाउनुपर्ने व्यवस्था लागू गरेको थियो भने दोस्रो चरणमा प्रतियोगितामा सहभागी कम भएकोले असार १३ गतेसम्म सूचनालाई थप गरिएको थियो ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा जम्मा १३ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पूर्वध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।






















प्रतिक्रिया दिनुहोस्