हेटौंडा । तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको लिगको दोस्रो खेलमा भक्तपुरलाई पेनाल्टी सुट आउटमा हराउँदै मकवानपुर सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि भक्तपुरलाई मकवानपुरले टाइब्रेकरमा ३–० गोल अन्तरले हराएको हो ।

भक्तपुरबाट ३ जना खेलाडीले टाइब्रेकरमा बल प्रहार गर्दा मकवानपुरकी गोल रक्षकले ३ वटै बललाई सहजै बचाउ गरेकी थिइन् । मकवानपुरबाट सजिना स्याङ्तानले पहिलो हाफको २३ मिनेटमा गोल गरेकी थिइन् भने भक्तपुरबाट जर्सी नम्बर ९ का खेलाडीले २५ मिनेटमै गोल फकाउँदै खेललाई बराबरीमा पुयाएकी थिइन् ।

यस अघि मकवानपुर र भक्तपुरबीचको खेल १/१ गोलको बराबरीमा रोकिँदै अंक बाँडिएको थियो । अब मकवानपुरले धादिङ र चितवनबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । । प्रतियोगिताको विजेता, उपविजेता र तृतीय हुने टिमले ट्रफीसहित नगदसहित स्वर्ण, रजत र काँस्यपदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी