हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर -जिप्रका)का टोलीले हेटौंडा भित्रका पसलहरुमा अनुगमन गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहितको नेतृत्वको टोलीले हेटौंडा भित्र सञ्चालनमा रहेका विभिन्न पसलहरुको अनुगमन गरेका हुन् । प्रशासन कार्यालयका प्रमुख बसन्त अधिकारी, सहायक जिल्ला अधिकारी मोहनराज जोशी, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली लगायतको सहभागितामा पसलहरु अनुगमन गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०,स्थित बुद्धचोक नजिकको खाद्यान्न फलफूल पसलहरु, किराना पसलहरु, मोबाइल पसलहरु, गरगहनाको पसलहरु, चप्पल, जुत्ता, फर्निचर पसलहरुको अनुगमन गरिएको थियो । अनुमनको क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले सामानहरुको जाँच गर्दै पसलका सञ्चालकहरुलाई विक्री गर्नका लागि राखिएको सामाग्रीहरुमा मूल्य सूची राख्नका लागि निर्देशन दिएका थिए । उनले पसलका सञ्चालक तथा कर्मचारीहरुलाई विक्री गर्न राखिएको सामाग्री देखाउँदै कुन सामान्यको मूल्य कति पर्छ भनेर यकिन गर्नका लागि सामानमा मूल्य सूची राख्न निर्देशन दिएका हुन् ।
यस अघि जिल्ला प्रशासन कार्यालयबाटै सामानमा अनिवार्य रुपमा मूल्यको सूची तास्नुपर्ने भनेर सूचना निकाली सकेको बताए । उनले अनुगमन गर्दै अबको समयबाट सामानमा अनिवार्य रुपमा मूल्य सूची नराखे पसलले ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवान तिर्नुपर्ने नियममा रहेको बताए । उनका अनुसार यो पहिलो पटकको अनुगम भएको कारणले सबैलाई एक पटक मौका दिएको अर्को पटक कसैलेपनि कुनै प्रकारको मौका पाउने छैनन् ।
सिडियो भएको हिसाबले पनि हामीहरुलाई अहिलेनै जरिवाना गराएने अधिकार छ । यद्यपि हामीले अहिलेका लागि एक मौका दिएका हौं । उनले हेटौंडाको २५/२५ मिटर सडक भत्काएर जिल्ला अदालको आदेशको कारणले कार्य रोकिएको व्यवसायीलाई स्मरण गराए । उनका अनुसार जब सम्म अदालको आदेश जारी गर्दैन तब सम्म सड्क भत्किदैन् । जब अदालतले भत्काउनका लागि आदेश दिन्छ । त्यो समयमा तपाइँहरुले कुनै प्रकारको नाइ नास्ती गर्न पाउनु हुँदैन् । हामी तत्कालै त्यसको दुई घण्टा भित्र सड्क भत्काउने कार्यलाई सुभारम्भ गछौं । सडक विभागले भत्काउने भनेर सूचना जारी गरेपछि कसैको पनि त्यस ठाउँमा व्यापार गर्ने अधिकार नहुने स्पष्ट पारे ।
यस्तै, अनुगमनको क्रममा एक होलसेल पसलबाट करेन्ट चाउचाउ पनि विक्री गरिएको पाइएको थियो । उक्त नयाँ मितिको करेन्ट चाउचाउ विक्री गर्नका लागि राखिएकोले छोडिएको थियो । यस अघि पनि प्रशासनका टोलीले हेटौंडाका विभिन्न ठाउँहरमा अनुगमन गरिसकेका छन् ।




























प्रतिक्रिया दिनुहोस्