भारतको व्यापक विस्तारित च्रेन ब्रान्ड किड्जी नेपालमा पनि बढ्दै जान थालेको छ।
सात सय ५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरमा दुई हजारभन्दा बढी केन्द्रको अविश्वसनीय सञ्जालका साथ किड्जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको कम्पनीले जनाएको छ।
वर्षौंको समर्पित अनुसन्धानका साथ किड्जीले सिडिई अतुलनीय मापदण्डहरू स्थापित गरेको जनाएको छ। प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको किड्जीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कुल पाठ्यक्रम आइएलएलयुएमईको स्वामित्व रहेको छ। किड्जीले बालबालिकालाई बाल–केन्द्रित पाठ्यक्रममार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गर्दछ। किड्जीद्वारा २०२२ मा दुई नयाँ सेवाहरू सञ्चालन हुँदै छन्।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्