युनिलिभर नेपाल लिमिटेड (युएनएल) ले महिलाका अमूल्य उपलब्धि तथा हालसम्म आर्थिक तथा राजनीतिक रूपमा महिलाको योगदान स्मरण गर्दै र अधिक लैंगिक समान दिशामा अग्रसरताकोे स्मरण गराउँदै १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।

‘ब्रेक द बायस’  को मुख्य विषयवस्तुमा आधारित उक्त कार्यक्रम लैंगिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त विविध, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा प्रतिबद्ध रहेको थियो।

युनिलिभर नेपाल लिमिटेडका कुल कर्मचारीमध्ये श्रम क्षेत्रमा १८ प्रतिशत र प्रशासनिक तहमा २० प्रतिशत महिला कर्मचारी रहेका छन्। युएनएलले सन् २०२५ सम्म यो अनुपात क्रमशः बढाएर २१ र २५ प्रतिशतमा पुर्‍याउने परिकल्पना गरेको जनाएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो