हेटौंडा । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल–फितर (इद) देशभर हर्षोल्लासका साथ मनाइएको छ । मुस्लिम समुदायको पवित्र रमजान महिनाभरि रोजा (उपवास) बसेपछि आज शनिबार देशभरी इद मनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा–४,स्थित जामे मस्जिदमा तथा अन्य जिल्लाको मस्जिदमा पनि बिहीबार बिहान विशेष नमाज अदा गरिएको देखिएको छ । हेटौंडास्थित मस्जिदमा बिहान साढे सात बजे नमाज पढेर सकाएपछि एक अर्कासँग अङ्गालो हालेर काँध जोडेर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरेर खुसी साटासाट पनि गरेको जामे मस्जिद समितिले जानकारी दिएको छ ।

 

बागमती प्रदेशको राजधानी हेटौंडासहित सघीय राजधानी काठमाडौंसहित तराईका जिल्लाहरू—बारा, पर्सा, रौतहट, बाँके, कपिलवस्तु लगायत स्थानमा ठूलो संख्यामा मुस्लिम समुदायका मानिसहरू भेला भएर सामूहिक रूपमा नमाज पढेर खुसी साटासाट गरेका छन् । नमाजपछि एकअर्कालाई अँगालो हाल्दै “इद मुबारक” भन्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहदै आएको छ ।

इदको अवसरमा करिब ५ सय जना भन्दा बढीको संख्याम मस्जिदमा मानिहरु भेला भएका थिए । सम्पूर्ण मानव कल्याणका लागि करिब ३० दिनको ब्रत बसेपछि इद पर्व मनाइने परम्परा रहेको बताइएको छ । मुस्लिम सामुदायिका मानिसहरुको घरमा बनाएको खानेकुराको परिकार खाएर एक अर्कासँग दुख सुखको कुरा गरेर भावना साटासाट गर्दै यो पर्व मनाइनेको मूल मर्म रहेको जनाइएको छ । यो पर्वमा मुस्लिमहरु मात्र नभई अन्य धर्मका मानिसहरुलाई पनि समेटेर खुशी मनाउने गरिएको छ ।

 

इदको अवसरमा घरघरमा विशेष परिकारहरू तयार गरिन्छ। सेवइँ, खीर, मिष्ठान्न तथा विभिन्न प्रकारका मासुका परिकार बनाएर परिवार, छिमेकी तथा आफन्तहरूसँग बाँडेर मस्जिद समितिका अध्यक्ष खुवाएका छन् । यसले आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ । रमजान महिनाभरि गरिब, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्ने चलन पनि रहेको छ । जसलाई जकात तथा सदकाको रूपमा चिनिन्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले इदको विशेष महत्व रहेको छ। यो पर्वले केवल धार्मिक आस्था मात्र नभइ सम्पूर्ण समाजलाई जोड्ने पुलको रूपमा काम गर्ने विश्वास गरिन्छ ।

 

रातो समाचार संवाददाता
थप जानकारी