हेटौंडा । मकवानपुर जिल्लामा ९५ प्रतिशतलाई एचपीभी खोप लगाइएको छ । मंगलबार गैर सरकारी संस्था महासंघको सभाहलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना एच.पि.भी खोप कार्यक्रम अन्तर्गत मकवानपुरको १० वटा पालिकाका ९५ प्रतिशतलाई खोप लगाइएको जानकारी गराइएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकाको ४ हजार ३ सय १२ जनालाई एचपीभीको खोप लगाइने लक्ष्य लिएकोमा ४ हजार ८६ जनालाई खोप लगाइएको सकेको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।
उनले हेटौंडामा १ हजार ९ सय ७० जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १ हजार ९ सय १० जनालाई, थाहा नगरमा ४ सय १३ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा ३ सय ८६ जनालाई, इन्द्रसरोवरमा १ सय ३ जनालाई खोप लगाउने लक्ष्य लिएको ९३ जनालाई, कैलाशमा १ सय ९२ जनालाई खोप लगाउने लक्ष्य लिएको १ सय ५७ जनालाई र बकैयामा ३ सय ७७ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा ३ सय ४२ जनालाई एचपीभी लगाइएको प्रगति विवरणको प्रस्तुती गरेका हुन् ।
बागमतीमा २ सय ७८ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा २ सय ६५ जनालाई, भीमफेदीमा १ सय ५२ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १ सय ३१ जनालार्ई, मकवानपुरगढीमा १ सय ९३ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा १ सय ९१ जनालाई, राक्सिराङ्मा लक्ष्य लिए अनुसारनै १ सय ९२ जनालाईनै खोप लगाउन सफल भएको बताए । मनहरीमा ४ सय ४२ जनालाई खोप लगाउने लक्ष्य ४ सय २० जनालाई खोप लगाइएको उनले बताए । जस अनुसार ९५ प्रतिशत लक्ष्य पूरा भएको प्रगति विवरण देखिएको छ ।

















प्रतिक्रिया दिनुहोस्