हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन अर्न्तगत मकवानपुर जिल्लाको मतगणना १०ः३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको सर्वदलीय बैठकको विवादपछि मकवानपुरका दुई क्षेत्रको मत गणना कार्य १०ः३० बजेबाट सुरु गर्ने निर्णय भएको हो । यस अघि हिजो बिहीबार मकवानपुरको १० वटा स्थानीय तहको मतदान स्थलको केन्द्रबाट मत पेटिया ल्याइएको थियो ।
१० पालिकाको स्थानीय तहहरुबाट मत पेटिका ल्याउन समय लागेकोले हिजो शुक्रबार मत गणना गर्न सम्भव भएको थिएन् । बैठकमा दुबै पक्षबीच केही विवाद पछि मत गणनाको समय तोकिएको थियो ।
सर्वदलीय बैठकमा सहभागी विभिन्न दलकाका नेताहरुले वडागत रुपमा छुट्टा छुट्टै तरिकाले मत गणना हुनुपर्ने माग गरेका थिए । उनीहरुले आफूले राखेको माग पूरा नभए सर्वदलीय बैठकको औचित्य नभएको दावी समेत गरेका थिए । सबै दलका नेताहरुले आ–आफ्नो वडामा कूल मतदाता मध्ये कति कति मत सदर र कति कति मत बदर भयो भन्ने कुरा थाहा पाउनुपर्ने र वडागत रुपमा फरक फरक परिणाम अउनुपर्ने माग राखेका थिए ।
बैठकको निर्णय अनुसार वडागत रुपमा मतगणना गर्ने सहभति भएको बताइएको छ । बैठकले वडा भित्रको बुथहरुको मतपत्र मिसाई गणना गर्ने निर्णय भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम (प्रत्यक्ष) मत गणना सम्पन्न भएपछि (समानूपातिक) तर्फको मत गणना गरिने निर्णय गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्