हेटौंडा । राष्ट्रिय समाचार समिति(रासस)को ६५ औं वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश सभामा राससको समाचार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश कार्यालय हेटौंडाले मंगलबार प्रदेश सभा सचिवालयमा प्रदेश सभामा राससको समाचार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यमा तथा रासस बागमती प्रदेश कार्यालयका प्रमुख राजु विश्वकर्माको सभाध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, नेकपा एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठ, सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी पुष्कर बोगटी, जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी रासस मकवानपुरकी संवाददाता अञ्जली थापा लगायतको उपस्थिति रहेको थियो ।
गैर सरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्माले राज्यमा पत्रकारको खाँचो भएको कुरालाई कसैले पनि महसुस गर्न नसकेको गुनासो गरेका छन् । गैर सरकार महासंघ प्रदेश अध्यक्ष कमल विश्वकर्माले अहिले विज्ञान र प्रविधिको युगको समयमा समाजिक सञ्जालका प्रयोगकर्ताले घटना घट्दै गर्दा र घटना घटेपछि लाइभ भिडियो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्दिने गरेकोले राज्यमा पत्रकारको खाँचो भएको कुराको महसुस कसैलेपनि नगरेको गुनासो गरेका हुन् । फेसबुक, टिकटक, युट्युब लगायतका समाजिक सञ्जालमा जसले पनि घटना घट्दै गर्दाको समयमा प्रत्यक्ष लाइभ भिडियो प्रसारण गर्दिने गरेकोले विश्वासनीतामा कम पुग्न गएको उनले बताए ।
उनले अहिलेको समयम र परिस्थिति अनुसार सामाजिक सञ्जालमा आउने हरेक सामाग्रीलाई समाचारको रुपमा लिने गरेपछि गलत समाचारहरु सम्प्रेषण भएर नराम्रा किसिमका घटनाहरु घट्ने अवस्थाको सिर्जना भएकोउनले धारण राखेका छन् । यस्तो अवस्थामा पत्रकारहरुले आफ्नो पत्रकारिताको भूमिकालाई जिम्मेवापूर्ण तरिकाले विश्वसनीयता बनाउन आवश्यक रहेको उनले बताए । मिडिया पत्रकारहरुले समाचार लेखेर जनतालाई ढुंगाले लेखिएको अक्षर हो अर्थात यो सहि समाचार हो भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको उनले धारण राखेका छन् । आहिले चुनावको समयमा कुनै एउटा दललाई च्यापेर पत्रकारिता गरेको र पार्टीगत रुपमा प्रयोग भइरहेको कुराको उनले जीकिर गरे । उनका अनुसार यस्तो अवस्थामा उम्मेद्वारले चुनाव जितेमा दलमा लागेको पत्रकारको हायहाय हुने र नत्र चुनाव हारेमा त्यो पत्रकारको विश्वसनीयतामा दाग लाग्ने कुराको जीकिर गरे । मिडिया सञ्चालन गरेर पत्रकारिता गर्नेहरुले सन्तुनलमा रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कुराहरुलाई ध्यान दिन आवश्यक रहेको उनले बताए ।
प्रदेश उपसभामुख अप्सरा चालागाईंले पत्रकाहरुले सत्य, तथ्य र निश्पक्षा आधारित भएर पत्रकारिता गर्न सकेमा निश्पक्ष पत्रकार हुने बताएकी छिन् । यी ३ वटै परिकल्पनामा आधारित भएर राससले काम गर्ने देखिएको र रासस संस्था समय अनुसार परिवर्तन भएको अनूभूति आफूले गरेको उनले बताइन् । समय अनुसार संस्थाहरु आफैँमा सक्षम हुँदै स्थानीय समुदायलाई सत्य तथ्य सुचना सम्प्रेषण गर्नका लागि अग्रणी भूमिका निर्वाह गर्ने कुरामा कहिले पनि रासस नचुकेको उनले बताइन् । रासससँग जोडिएको मिडियाहरुलाई प्रदेश सभाबाट सहयोग गर्ने कामबाट पछि नपर्ने उनले विश्वास दिलाइन् । प्रदेश सभाले कानूनको निर्माण गर्ने, सरकार निर्माण गर्ने, बार्षिको रुपमा बजेट पारित गर्ने, प्रदेश सभामा प्रतिनिधित्व गरेर जनताको जनमतबाट आएका प्रतिनिधिहरुले प्रदेश सभाभित्र रहेको जनताहरुको कुरालाई उठाउने काम गर्ने गरेको उनले बताइन् । सरकार निर्माणको काम मात्र नभई सरकारले गरेको कामहरुको अनुगमन गरेर मूल्यांकन गर्ने र सरकारलाई जवाफदेही बनाउने काम प्रदेश सभाले गर्ने गरेको उनले स्पष्ट पारिन् ।

















प्रतिक्रिया दिनुहोस्