हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुरक्षा योजनामा प्रहरीहरु व्यवस्थ रहेको बताएका छन् । एसपी खत्रीले प्रतिनिधि सभा सदस्यको निर्वाचन पहिले, निर्वाचनको समयमा र निर्वाचन सकिएपछिको सुरक्षा योजनामा प्रहरीहरु व्यवस्थ रहेको बताएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पद बढुवा भएर सुवासचन्द्र बोहोराको सुरुवाभएपछि एक साता अघि मात्र मकवानपुरको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका एसपी खत्रीले निर्वाचनको लागि खटाइने म्यादी प्रहरीको भर्नाको सम्पूर्ण काम सकिएको बताए ।

 

उनका अनुसार निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि परिचालन गरिने म्यादी प्रहरीलाई १० दिनसम्म प्रशिक्षण दिएपछि निर्वाचन कार्यमा खटाइने उनले बताए । उनीहरुका १० दिनको प्रशिक्षणमा सुरक्षाका लागि के–के गर्ने ?, मतदानको समयमा लाइन व्यवस्थापन कसरी गराइने भन्ने बारेमा बुझाइने उनले बताए । निर्वाचनको सुरक्षामा खटिने प्रहरीलाई निर्वाचनको आचार संहिताको बारेमा जानकारी गराउन आवश्यक रहेको उनको भनाई छ । चुनाव सम्बन्धीको आचार संहिताको सबैले पाल्ना गर्दै खबरदहारी गर्नुपर्ने ठाउँबाट कसैलाई पनि पछि नपर्न आग्रह गरेका छन् ।

 

सिन्धुली जिल्लामा कोरोनाको समयमा सुचना अधिकारीको रुपमा काम गरेको उनले बताए । उनले अन्य जिल्लाको सन्दर्भमा मकवानपुरमा लागूऔषध दुव्र्यसनी बढेको आफूले अनुभव गरेको बताए । पछिल्लो ७ दिनको अवधिमा सुरक्षाजाँच गर्दा १२ जनालाई लागूऔषधको मुद्दामा पक्राउ गरेर ७ वटा मुद्दा दर्ता गरिएको उनले बताए । उनीहरुलाई मकवानपुर जिल्ला अदालतले ४ वर्षको कैद सजाय तोकेर अदालमा पेश गरिएको थियो । जनशक्तिको अभाव भएपनि योजना योजनावद्ध तरिकाले लागूऔषध फडानी गरेको उनले बताए । सिन्धुली जिल्लामा मात्रै २०० देखि ३०० बिगहाको गाँजा खेती फडानी गरेको उनको भनाई छ । गाडीमा समान ओभर लोड गरेको गुनासो आएकोले सुरक्षाजाँच गरेर १८ वटा ओभर लोडेड सामानको गाडीलाई नियन्त्रणमा लिएको उनले बताए ।

रातो समाचार संवाददाता
थप जानकारी