हेटौंडा । मकवानपुरको राजनीतिक दृश्य अहिले निकै तातेको छ । यस निर्वाचनले मकवानपुरको राजनीतिक भविष्यलाई पनि परिभाषित गर्नेछ । नेपालमा प्रतिनिधि सभाको निर्वाचन सामान्यतया पाँच वर्षमा एकपटक हुने गर्छ । यद्यपि गत भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको कारणले संसद विघटन भएपछि नयाँ नेतृत्व चयनका लागि २ पहिले निर्वाचन हुन लागेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्र—क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ मा उम्मेद्वारहरूको भीड़ देख्न सकिन्छ । कूल ४४ जना उम्मेदवारहरूले आफ्नो दावी पेश गरिसकेको छन् । जसमा विभिन्न राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूसँगै स्वतन्त्र उम्मेद्वारहरु पनि समावेश छन् । जसले गर्दा निर्वाचनको माहोल अझ रोचक बन्ने सम्भावना छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा जीतको लक्ष्यसहित विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेद्वारहरु आफ्नो प्रचार प्रसारका लागि पनि दौड धूपमा व्यवस्थ देख्न सकिन्छ ।
सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा २ पदका लागि मकवानपुर क्षेत्र–१ बाट २३ जना र मकवानपुर क्षेत्र–२ बाट २१ जना भिड्दै छन् । मकवानपुरको सन्दर्भमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११,स्थित प्रदेशिक कृषि तथा थोक बजारमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार कूल ४४ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । मकवानपुर क्षेत्र नम्बर–१ बाट १० जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ भने १३ जनाको राजनीतिक पार्टीबाट उम्मेद्वारी परेको छ । जस अन्तर्गत क्षेत्र नम्बर १ बाट ३ जनाको पार्टीगत र २ जनाका स्वतन्त्रीगरी ५ जना महिलाको र १८ जना पुरुषको उम्मेद्वारी दर्ता गरिएको छ । क्षेत्र नम्बर २ बाट महिलालले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
मंगलबारको मनोनयन दर्ता अन्तर्गत क्षेत्र नम्बर–१ बाट नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), मंगोल नेशनल अर्गजाइजेशन, नेपाल मजदुर पार्टी किसान,जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी एकृकीत माक्सवादबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराइएको छ ।
यस्तै, मकवानपुर क्षेत्र–२ मा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनर्मोर्च, उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद लेनिनवादी), श्रम संस्कृति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), संयुक्त नागरिक पार्टी, प्रगतिशील लोकतान्त्रि पार्टी, नेपाल मजदुर किसान पार्टी, नेशनल रिपब्लि नेपाल, आम जनता पार्टी र मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेद्वारी दर्ता गरिएको कार्यालयले जनाएको छ ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली काँग्रेसकी सममहामन्त्री महालक्ष्मी उपध्याय डीना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, नेकपा एमालेबाट रामेश्वर राना, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट तेजप्रसाद उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपकबहादुर सिंह, जनता समाजवादी पार्टीबाट दीपक सिन्तान, श्रम संस्कृति पाटी विद्या श्रेष्ठ, उज्यालो नेपाल पार्टी सुरेन्द्र लामा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट महेश नेपाली, मंगोल नेशनल अर्गजाइजेशनबाट बुद्ध लाम, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रकाश गौतम, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल मगजु,जनता समाजवादी पार्टी नेपाल रुपक लामा, नेपाल कम्युनिष्ट पार्टी एकृकीत माक्सवादबाट रामेश्वर राना भिड्दै छन् ।
यस्तै, मकवानपुर क्षेत्र–२ मा नेपाली काँग्रेसबाट काँग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टी लवशेर विष्ट, नेकपा एमालेबाट पूर्व सांसद महेश कुमार बर्तौला, जनता समाजवादी पार्टीबाट छुवीलाल वाइबा, राष्ट्रिय जनर्मोर्चबाट बीरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टी प्रविन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रशान्त उप्रेती, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामबहादुर थोकर, संयुक्त नागरिक पार्टी सुभराज प्रज्ञा, प्रगतिशील लोकतान्त्रि पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टी सरोज तामाङ, नेशनल रिपब्लि नेपालबाट सूर्यबल तामाङ, आम जनता पार्टीबाट सुर्य राई र मंगोल नेशनल अर्गनाइजेशनबाट हिरालाल स्याङ्तान भिड्दै छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट ३ जनाको स्वतन्त्र उम्मेद्वारी र १६ जनाको दलीय उम्मेद्वारी परेको निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुुर क्षेत्र नम्बर १ बाट १ लाख ५८ हजार ४३५ जनाले मतदान गर्नेछन् भने क्षेत्र नम्बर–२ बाट १ लाख ५६ हजार ८ सय ९९ मतदान गर्नेछन् ।


















प्रतिक्रिया दिनुहोस्