हेटौंडा उपमहानगर -१० मा सञ्चालन हुँदै आइरहेको किरण एण्ड कश्मिर सुनचाँदी पसलका सञ्चालक किरण दुतराजले ऊं वृद्धाश्रममा आफ्नो छोरा कस्मिर दुतराजको जन्मदिन मनाएका छन् ।
हेटौंडा – १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा सञ्चालक दुतराजले हेटौंडा -२, चौकी टोलमा रहेको श्रममा आश्रित २३ जना बृद्ध–बृद्धालाई खाना खुवाउँदै छोरा कस्मिरको २३औँ जन्मदिन परिवार सहित मनाएका हुन् ।
हेटौंडा – १ का दुतराजले जन्मदिन केवल उत्सवको नामले होइन थोरै भएपनि मानवता हुन सक्छ भन्ने सोच रहेकाले आश्रित आमाबुवा रहेको स्थानमा जन्मदिन मनाएको सञ्चालक दुतराजले बताए ।
आफ्नो परिवारको जन्मदिन र एनिभर्सरीको अवसरमा हरेक वर्ष वृद्धाश्रममा बस्ने आमा–बुबासंगै मनाउँदै आएसंगै निरन्तरता दिएको बताए ।
२०६९ सालदेखि सुनचाँदीको गरगहनाको व्यवसायी गर्दै आएका सञ्चालक दुतराजले छोटो भेटमा पनि आमा–बुबाको मुहारमा मुस्कान ल्याउँदै गर्दा निकै सन्तुष्टि पाउने गरेको बताउँछन् ।
दुतराज भन्छन् “म सुनचाँदीको व्यवसायी भएर हेटौंडा – १०मा काम गरिरहेको छु। ग्राहकवर्गहरुको रोजाई चाहाना र अपेक्षा अनुसार काम गरिरहेको छु । निकै विश्वास गरेर साथ दिनुभएको छ।सधै काम व्यापार मात्र नभएर कहिलेकाँही खुसी हुनु पर्छ भन्ने हो ।”
सधैव हामीलाई साथ मिलिरहोस । हामी प्रति गरेको विश्वासलाई कायम राखेका छौँ र राख्ने छौं ।”
9855088335























प्रतिक्रिया दिनुहोस्