बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् भने ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन रहेको हो ।

प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

अप्रान्ह ४ः१५ मा सपथ ग्रहण गराइदै ।।