किङ्ग कोब्रालाई उद्दार गरेपछि त्यसको बारेमा जानकारी गराउँदै उद्दारकर्ता रोशन दीप र राजेश गरिब ।

हटिया ।  हेटौंडा उपमहानगरनगरपालिका–१६ स्थित एक घरमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । उक्त स्थानका रञ्जित घोरासैनीको घरछेउमा विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु मानिने किङ कोब्रा भेटिएको हो ।

किङ्ग कोब्रा जसलाई सर्प ,सर्पको राजा राजगोवन – कालीनाग भन्ने गरिन्छ । यसको वैज्ञनिक नामा अफियो फेगस हाना हो । यसको आहारा विषेशगरि सर्प हो । विज्ञहरुको भनाई अनुसार अतिनै बिषलु भएसंगै बुद्धिमान मानिने सर्प जसले एकपटकको टोकाइमा एउटा हात्ती र २१ जना मानिसलाई मार्ने न्युरो टक्सीक भेनम विष हुन्छ ।

उक्त सर्प देखिएपछि मकवानपुर हेटौंडाका राजेश “गरिब”  र रोशन दिपलाई सर्प उद्धारका लागि खबर आएपछि पुगेर सर्प उद्धार गरेका हुन् । डिभिजन वनको समन्वयमा उक्त स्थानमा प्रहरी, स्थानीय सहितको उपस्थितीमा उद्धार गरिएको हो ।

हेटौंडामा रहेर पत्रकारितामा समेत सक्रिय रहेसंगै सर्प देखिदा त्रसित भएको अवस्थामा सामाजिक भावले उद्धार गर्ने मानव बस्ती भन्दा पर वन्यक्षेत्रमा छाड्न निःशुल्क सेवा दिएको काम प्रसंसायोग्य भएका भन्दै स्थानीयहरुले खुसी व्यक्त गरे । डिभिजन वनको समन्वयमा उक्त स्थानमा प्रहरी, स्थानीय सहितको उपस्थितीमा उद्धार गरिएको किङकोब्रा सर्पलाई निकुञज परिसरको बन्य क्षेत्रमा छाडिएको छ ।

किङ्ग कोब्रालाई रिलिज गरिँदै ।

यसअघिपनि हेटौंडा–९ दिव्यपथमा रहेको अनिता बलको घर छेउबाट, हेटौंडा अस्पतालको पारीपट्टि एक घरमा बस्दै आएका सुरेश चौधरीको कोठाभित्रबाट, मकवानपुरको बागमती गाँउपालिका – ८, मकवानपुरगढी बाट पनि उद्धार गरिसकेका छन् ।
सर्प विशेसज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको दुई हजार मिटरसम्म पाइन्छ ।

………………..

अहिलेसम्म मकवानपुर र हेटोंडामा हेर्नेहो भने विषालु सर्पहरु किङकोब्रा, मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याक भेटिने गरेको छ ।
त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्रलाईङ्ग स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् ।

राजेश गरिब
थप जानकारी