हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको दुई विद्यालयमा करिब ६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । बिहीबार गुरु पूर्णिमाको अवसरमा अयोजित कार्यक्रममा हेटौंडा–१३,स्थित कालिका आधारभूत विद्यालय र हेटौंडा–१६,स्थित जनप्रिय माध्यमिक विद्यालयमा ३/३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको हो ।
जनप्रिय माध्यमिक विद्यालयका शिक्षकहरुको सामूहिक तस्बीर ।
पूर्वाधार विकासमा टेवा पुग्ने विश्वाससहित आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्वाधार विकास समितिका सभापति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहको पहलमा यी दुबै विद्यालयलाई बजेट विनियोजन गरेको हो ।
कालिका आधारभूत विद्यालयका शिक्षकसहित विद्यार्थीको सामूहिक तस्बीर । 
देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अत्यावश्यक रहेको सांसद दीपकबहादुर सिंहले बताएका छन् । विद्यालयको भौतिक सुधारसँगै गुणस्तरीय शिक्षा दिन सक्ने वातावरणको सिर्जना गर्ने काममा आफूहरु लागिरहेको बताए । कार्यक्रममा सहभागीहरुले बजेट विनियोजनलाई विद्यालयको पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र शैक्षिक वातावरण सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जानकारी दिएका छन् ।
विद्यालयका शिक्षकहरुले सांसद सिंहले गरेको सहयोग प्रति खुशी व्यक्त गरेका छन् । उनीहरुले विद्यार्थीको पठनपाठनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि र जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्