लागूऔषध सहित पक्राउ परेका प्रतिवादीलाई सार्वजानिक गरिँदै ।

हेटौंडा । छिमेकी मुलूक भारतको मोतिहारीबाट काठमाडौंतर्फ जान हेटौंडा आउँदै गरेको ३ जना लागूऔषधसहित हेटौंडाबाट पक्राउ परेका छन् । बुधबार बिहान ६ बजेको समयमा पूर्वपश्चिम सडकखण्ड हेटौंडा–१५,स्थित राटोमाटे प्रहरीचौकीबाट खटिएको प्रहरीटोलीले भारतको बिहार राज्य मोतीहारी जिल्ला पञ्चमिडियका २६ वर्षीय उपेन्द्र यादव, सोही कारमा सवार भई आएका २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतोको साथबाट लागूऔषध फेला पारेको थियो ।

प्रहरीले शंका लागेर रितपुर्वक उनीहरुको शरीर तथा बीएल०१एडब्लु १४०४ नम्बरको कारको  समेतको खानतलासी गर्ने क्रममा कारको सिटमुनी र पछाडीको डिकी भित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याईएको अवस्थामा लागूऔषध ट्रामाडोल २५,४५५ क्यापसुल र ओनेरेक्स १२० बोतल फेला परेको बताएका छन् । लागूऔषध तथा सवारी साधन बरामद गरी पक्राउ परेका प्रतिवादीलाई नियन्त्रणमा लिई हिरासदमै राखेर लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी