जिल्ला फुटबल संघ मकवानपुरद्धारा आयोजित स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताका माघ १६ गतेदेखि हुने भएको छ ।

खेल प्रतियोगिता सम्पन्न गर्नका लागि हेटौंडा–६ स्थित गौरिटार रंगशाला खेलमैदान व्यवस्थापन देखि बिभिन्न गतिबिधिमा आयोजक हरु खटिरहेका छन् ।

बागमती प्रदेशको राजधानीमा रहेको निकै पुरानो रंगशालामा वृहत् खेलको अयोजना हुन लागेमा बिभिन्न व्यक्तीदेखि स्थानियहरु खुसी भएका छन् ।

यसै विषयमा खेलप्रेमी तथा स्थानिय दिपक तिवारी पनि रंगशालाको नाम जनमानस विच पुग्न थप टेवा पुग्ने भएकाले निकै खुसी लागेको बताएका छन् । उनले २०४० सालमा तत्कालिन राजा बिरेन्द्र आएर नेपालकै पहिलो पटक प्रथम नगर खेलकुद भएको स्मरण रहेको बताए ।

२०६६ सालमा सिलान्यास समेत भएको रंगसाला केही ओझेल परेको अवस्था रहेसंगै यसपटक गोल्डकप हुन लागेकोमा खुसी लागेको बताएका हुन् । प्रतियोगितामा वर्षको जिम्मेवारीमा रहेको हेटौंडा– १५ को न्यू डाँफे युथ क्लब र अध्यक्ष आलोक स्याङ्तानले निकै राम्रो काम गरेको बताए ।

यसवर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।

खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।

प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।

प्रतियोगितामा विधागतरुपमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

जसमा विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको बुलेट बाइक प्रदान गरिने भएको हो।