हेटौंडा उपमहान कार्यपालिकाले उपमहानगर भित्र रहेका व्यवसायीहरुका व्यवसाय दर्ता घुम्ती शिविर सन्चालनलाई अघि सारेको छ ।
लामो समय देखि व्यापार वा पेशा व्यवसाय संचालन गरिरहेकाहरूलाई मध्यनजर गर्दै २०८०र८१ को पौष मसान्तसम्म व्यवसाय दर्ता गर्न आएमा एक पटकको लागी विगत ३ वर्षको मात्र राजश्व लिई कार्तिक १३ गते देखि पौष मसान्त सम्म बिभिन्न वडाहरुमा व्यवसाय दर्ता घुम्ती परिचालन टोली खटाइने उपमहानगरले जनाएको छ।
यसै क्रममा हेटौंडा उपमहानगरको वडा नम्बर १७ मा मंसिर १८ गते देखि व्यवसाय दर्ता घुम्ती परिचालन हुने भएको हो ।
सम्बन्धित व्यवसायी, उद्यमी, संस्थागत विद्यालय, निजी कम्पनि, व्यापार व्यवसाय लगायतका बिभिन्न आयमूलक काममा संलग्न फार्महरूलाई व्यवसाय दर्ता गर्नका लागि स्रचना समेत जारी गरिएको वडाध्यक्ष उद्धव सत्यालले बताएका छन् ।
वडाका व्यवसायीहरूले आफुलाई पायक पर्ने वडा तथा राजश्व शाखामा पुगेर व्यवसाय दर्ता गर्न सकिने र दुईदिने व्यवसाय दर्ता घुम्ति शिवरको माध्यमबाट व्यवसाय दार्ता गरि ढुक्क हुन वडा भित्रका सम्पुर्ण व्यवसायीहरुलाई वडाध्यक्ष सत्यालले अनुरोध गरेका हुन्।
















प्रतिक्रिया दिनुहोस्