बागमती प्रदेशको मकवानपुर जिल्लालाई हेर्ने हो भने भौगोलिक हिसाबले सुन्दर, पर्यटकिय र सफा मानिएपनि लागूऔषध उत्पादन,कारोबार र प्रयोगको केन्द्र बन्दै गएको विभिन्न घटनाक्रमले देखाएको पाइन्छ।
यसैविच हेटौंडा उपमहानगर लागूऔषध उत्पादन, कारोबार र प्रयोगको केन्द्र बन्दै गएको विभिन्न समयमा पाइएको घटनाक्रम र प्रहरीले दिएको जानकारीले देखाएको छ।
प्रहरीले विभिन्न समयमा सार्वजनिक गरेको तथ्यांक र मुद्दा चलाएर फैसला सँगै कारागार चलान भएकाहरूको सूची हेर्दा पनि धेरै नागरिक लागूऔषध कारोबारमा फसेका छन् । यसमा पनि मकवानपुरे नागरिकहरु नै अधिक पाइन्छन् ।
लागुऔषध दुर्व्यसनीमा फसेका व्यक्तिहरुको पिडा मर्म र भावाको मध्यनजर गर्नेहरुको कमी हुनु र परिवारले पनि बिभिन्न उपनाम दिदा सहि मार्ग बिराएर कुलतको दलदलमा फसेको पाइन्छ ।
यसैविच नै बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर भित्ररहेको सिआन पुर्नस्थापना केन्द्रका संस्थापक ३२ वर्षे युवा सौजन डीसी बाटो बिराउनेहरुलाई सहि मार्ग तर्फ डोर्याउने अभियानमा दौडिरहेका छन् ।
करिब ११ वर्षसम्म लागुऔषधको दलदलमा फसेर निरन्तर भासिएको तितो स्मरणमा रहेका डिसी नै सेवा र सुधारको बाटो रोजेर धेरैको हितकार बनेका हुन् ।
अहिले आफूले पाएको नयाँ जिन्दगीको देन नै श्रीमती र परिवार रहेको उल्लेख गर्दै गृह मन्त्रालय अन्तरगर्त गरिएको जिल्ला व्यापि पुर्नस्थापना अनुगमन कार्यमा पुर्नस्थापना निर्देशिका अनुरुप मापदण्ड पुरा भएको बताएका छन् ।
लागूऔषध विरुद्धको अभियानमा अब्बल कार्य सम्पादन गर्दै हेटौडा-९ मा अवस्थित सिआन पुर्नस्थापना केन्द्र २०८० सालमा मापदण्ड पुरा गर्न सफल हुनुमा धेरैको साथ सहयोग रहेकोले खुसी लागेको डिसीले बताए ।
उनले यस विषयमा अघि बढ्नका लागि धेरै नै सघर्ष गनुपरेको बताएका छन् ।
विगतलाई स्मरण गर्दै उनले करिब बालापनकै समयमा आफुलाई रक स्टार नै ठान्दै स्कुल ड्रेसको खल्तीमा चुरोट र गाँजा बोक्ने अनि तान्ने लत अति नै प्रिय लागेर हेटौंंडाको नगरको गल्ली गल्लीमा कन्सर्ट गर्ने ग्याङका रूपमा परिचित भएको डिसी बताउँछन् ।
उमेरको दोष या बिवेक हिन या एक्लोको महसुस तर, संगीतको बाहानामा करिब ११ वर्षसम्म लागूऔषधको दलदलमा फसेर निरन्तर भासिएको तितो स्मरण ताजा डिसीमा छ ।
डिसी भन्छन् “किशोर अवस्थामा गाँजा, चुरोटदेखि ‘ड्रग्स’सम्म प्रयोग गर्न थोरै खर्चले पुग्ने अवस्थानभएपछि घरको सामग्रीनै चोरेर भएपनि लतको गहिराइ बढ्यो दुर्व्यसनीमा फसियो ।”
कक्षा १२ मा पढ्दै गर्दा तान्या अग्रवालसंग विवाह बन्धनमा बाँधिए पछि श्रीमानले लागुऔषध खान्छन् भन्ने थाहा पाएपछि लत हटाउन गरेको प्रयास र पत्नीलाइ समेत बुझ्न नसक्नुको पिडा ताजै रहेको बताउछन् ।
श्रीमती गर्भवती भएपछि ख्याल गर्ने विबेक समेत गुमाएर हरपल नशामा, जिवन नर्किए बनिरहेको पत्तो नभएको विगतले बारामबार पिरोल्ने गरेको डिसी बताउछन् ।
२०७२ सालमा छोरा जन्मिएपछि छोराको नाम सियान राखिदिएको र लागुऔषधबाट मुक्त हुन न सक्दाको परिणम नै सन्तान गुमाउनुपरेको बताउदै गहभरी आसुं बनाए ।
परिवारकै सहमतिमा २०७३ मंसिर २२ गते स्वर्गीय छोरा सियानको नाममा ‘सियान पुनर्स्थापना केन्द्र’ स्थापना गरेर निरन्तर
लागुऔषध दुर्व्यसनीहरूको उपचार गर्ने र बिभिन्न स्थानमा जनचेतना अभिवृद्धिका कार्यक्रम समेत गराउदै आएका छन् ।
लागुऔषध दुर्व्यसनीमा नशामा डुब्ने बानी परेका सौजन नै यस्तै नशामा डुबेका युवाहरूको उद्धारमा खटिएका हुन्।
सियान गुमाएपछि दुर्व्यसनीबाट मुक्त हुनुपर्छ भन्ने सोचसंगै केही दिनको संघर्षले आफै लागुऔषध मुक्त भएकाले सेवनकर्तालाई छुट्कारा दिलाउन सकिन्छ भन्ने लागेर अब अन्यमा यस्तो लत नपरोस भन्दै पुनःस्थापना केन्द्र मार्फत अघि बढेको बताए ।
सामाजिक,मानसिक र व्यवहारिक ज्ञान संगै सिप र आर्थिक तवर संग जोड्न केन्द्रमा रहेकाहरुलाई अघि सार्दै सचेतना सहित बिभिन्न गतिबिधीलाई अघि सार्दै सामाजिक गतिविधिमा पनि समावेश गराउदै आएको डीसीले बताए ।
डिसीले भने “सधैव लागूऔषध प्रयोगमा फसेकाहरुलाई उम्काउने प्रयासमा काम गर्दै आउदा मकवानपुरमै उत्कृष्ट पुर्नस्थापना केन्द्रको रुपमा सिआन बन्न सफल भएको छ । सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । यो मेरो प्रयास होइन हाम्रो प्रयास हो ।”














प्रतिक्रिया दिनुहोस्