बागमती प्रदेशको राजधानी हेटौंडामा सडक विस्तारको नाममा लालपुर्जा भएको र आफ्नै जग्गामा बसोबास गर्दै आएका व्यक्तीहरुको निजि सम्पत्तिलाई अतिक्रमण जस्तो शब्द प्रयोग गरिनु उचित नभएको ज्योतिरत्न बज्रचार्यले बताएका छन् ।

हेटौंडाका व्यवसायी तथा सूनचाँदी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष र बिभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका बज्रचार्यले सडक विस्तारको नाममा यस्ता कुरा गरेर त्रसित पार्नु भन्दा पनि  हेटौंडा बजारलाई  ध्वस्त हुनबाट बचाउन जोड दिइनुपर्ने  बजार क्षेत्रको सडकलाई ‘सहरी मार्ग’ बनाइनुपर्ने बताएका हुन्।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै  सडक विस्तारकै क्रममा बिभिन्न किसिमका धम्की दिने अनि अतिक्रमणका अतिक्रमण भन्ने अनि सरकारको जग्गा लुटेको जस्ता अत्याधिक शव्द प्रयोग गरेको विरुद्ध बोल्दै आएको बज्रचार्यको भनाइ छ ।

सरकारले सडक विस्तारकै नाममा निजि सम्पत्तिलाई अतिक्रमण भन्नु अनि मिटर कुरालाई  फेरीगज भनिनु कानुनी प्रत्रियामा समेत नमिलेको बताए ।

त्यसोत पूर्वपश्चिम राजमार्गको चितवन–हेटौंडा–पथलैया सडकखण्ड संघिय सरकारले २५–२५ मिटर चौडा गर्ने भन्दै गर्दा र काम सुरु गरेपनि सडकछेउमा घरधनीले अदालतको स्टे अर्डर र मुवाज्जाको अडान निरन्तर छ ।

तत्कालील – बारा देखि लोथर – मकवानपुर – त्रिभुवन राजपथको वीरगञ्ज भन्सार पर्सा देखि दामेचौर मकवानपुर सम्म राजमार्ग र राजपथको दायाँबायाँ २५–२५ मिटर सडक सीमा अतिक्रमण क्षेत्र १५ दिनभित्र हटाउन भन्दै बाराम्बार सुचना प्रकाशित, प्रकासण र प्रसारण गर्नेक्रम जारी राखेको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले गएको असार १० गते हेटौंडामा सडक विस्तार गरिनेभन्दै निकालेको ३५ दिने सूचनाको समय सकिएको निकै समय भइसकको छ ।

विस्तार कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश पछि सडक डिभिजन र घरधनीलाई छलफलका लागि सर्वोच्चले बोलाइरहनुले समय धकेलिदा नागरिकहरुलाई अन्यौलमा परेको छ ।

छलफलमा बोलाइएको भनाईनै अग्रपङ्तीमा राखेर सडक विस्तार रोकियो स्ट्रे अडर आयो भनिरहेको अवस्था समेत छ ।

अब सडक विस्तारकालागि सडक डिजिनको डोजर चल्छ या सहमतीमा संरचना भत्काइन सूरु हुन्छ या भत्काइदैन बिभिन्न व्यक्तीहरुको चासो बनिरहेको छ ।

कोही भत्काइनु पर्छ अनि विकास हुन्छ भन्दै अघि सरिरहेका छन् भने कोही व्यवस्थापन र उचित मूआव्जाका कुरा उठाइरहेका छन् ।

बज्रचार्यले भने “सडक फराकिलो पार्नुपर्छ तर, बजारबाट हाइवे बन्नु हुँदैन ।  हेटौंडा बजार क्षेत्र विस्तार गर्दा बाइपास सडक निर्माण गरेमा देशको आर्थिक भार कम पर्छ ।”