चलचित्र पारखीहरुका लागी विहिबारदेखी बलिउडका किङ्ग खान शाहरूख खानको फिल्म जवान प्रदशनमा आएको छ।

यसैक्रममा हेटौडा उपमहानगरपालिका– ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पनि खानको फिल्म जवान प्रदशनमा आएको हो।
फिल्म जवानको अग्रिम टिकट समेत  बुकिङ खुला गरिएको छ।

साउथका डाइरेक्टर एटली कुमारले निर्देशन गरेको फिल्म जवान मा शाहरूखसँगै साउथ कलाकार नयनतारा, विजय सेतुपतीको अभिनय छ।
फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइएको।

गौरी खानको निर्माण   रहेको फिल्ममा नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्  भने दीपिका पादुकोणलाई
पनि देख्न सक्छौँ।
फिल्म जवानलाइ  एनएस सिनेमा हलमा गएर  हेर्नकालागि नारायणी मलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ।

हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।