रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा भदौ १५ गते शुक्रबार देखि दुई नेपाली चलचित्र ‘ऐंचो पैंचो’ र ‘गणपति’ एकैसाथ प्रदर्शनमा आएका छन् ।

कृषा चौलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ ।
कलाकारहरु स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला र कोशिस क्षेत्रीले काठमाडौंका केही हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए । शुक्रबार र शनिबार फिल्मले थप ‘पिकअप’ लिनेमा उनी विश्वस्त देखिन्छिन् ।

राजनीतिलाई मियो बनाएर कथावाचन गरेको यो फिल्म ‘काले केटाले’ गीतका कारण चर्चामा थियो । फिल्ममा मुकुन भुषाल, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको पनि अभिनय रहेको छ । फिल्ममा अभिमन्यु निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन छ । फिल्ममा वर्षा र सुशिलको अभिनयको निकै प्रशंसा भैरहेको छ ।

सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘गणपती’ट्रेलर आकर्षक देखिएको छ। मुकुन भुषाल र प्रकाश घिमिरे चलचित्रको सशक्त देखिएका छन्।चलचित्रमा मुकुन भुषाल, प्रकाश घिमिरे, मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जन लगायतका कलाकारको अभिनय रहेको छ। राम प्रसाद रिजालको प्रस्तुती निर्माण भएको चलचित्रमा लक्ष्मण रिजाल निर्माताको रुपमा रहेका छन्।

चलचित्रको एक गीतमा अभिनेत्री बर्षा शिवाकोटी फिचर रहेका छन्। हरि लामा घलेले खिचेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका छन्।

अब यी ३ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।

टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।