मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको चेक चोरी गरी २५ लाख रुपैयाँ गायब भयो भन्दै स्थानिय ५५ वर्षीय शिवकुमार विक भौतारिएका छन।
उनले सोमबार पत्रकारहरु माझ मनहरी–६, डिपार्टमा दिदीबहिनी होटलका सञ्चालक लालकुमार थिङले चेक चोरी गरी २५ लाख रुपैयाँ झिकेको बताए।
बिकको आरोप अनुसार गएको माघ १४ गते खाजा खान होटलमा गएका बेला थिङले चेक चोरी गरी माघ १८ गते चेक काटेर वन समूहको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट कामना सेवा बैंकमा रहेको खातामा २५ लाख रुपैयाँ ट्रान्सफर गरेको हो।
सामुदायिक वन उपभोक्ताका अध्यक्ष समेत रहेका बिकका अनुसार डिभिजन वन कार्यालय मनहरीबाट काठे पुल र वन्यजन्तुका लागि कुवा निर्माण गर्न प्राप्त भएको रकम रहेको खाताबाट पैसा झिक्नका लागि छाप लगाएर हस्ताक्षर समेत गरिराखेको चेक चोरी गरेर यस्तो कार्य गरेको बताए ।
उनले भने “सही गरेर संस्थाको छाप लगाइसकिएको चेक चोरेर २५ लाख गायब भैसकेछ।चेक चोरी गरेर रकम झिकिदिएपछि प्रहरीको समन्वयमा पैसा फिर्ता गर्ने मौखिक सहमति भए पनि अहेले चेक साट्ने फराहर छ। अहेले म संकटमा छु।दोषीलाई कारवाही गर्न माग गर्दछु।”























प्रतिक्रिया दिनुहोस्