रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं २ स्थित मकवानपुर बहुमुखी क्याम्पसको शिक्षक नियुक्तिको विषयलाई लिएर भइरहेको गतिविधिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्याम्पस कमिटिले विरोध जनाएको छ ।पसिद्ध रेग्मी नेतृत्वको अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटिले विहिबार विज्ञिप्ति जारी गरेको हो ।
जारी विज्ञिप्ति पत्रमा क्याम्पसको नेपाली विषयको प्राध्यापक रामचन्द्र सुवेदीको सेवानिवृत्त पश्चात क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेकोले क्याम्पसले एक जना प्राध्यापकको विज्ञापन आह्वान भएको ठाँउमा अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरेको विषय सत्य तथ्य बाहिर ल्याउन तथा क्याम्पस प्रशासनलाई सो समस्याको समाधान तत्कालै गर्न माग गरिएको छ।
क्याम्पसद्वारा राखिएको ३ जना शिक्षकको सो विषयलाई लिएर क्याम्पसको नियमित पठनपाठनमा अवरोध हुने गरी क्याम्पसको आन्तरिक विषयलाई स्ववियुको निर्णयविनै स्ववियुको नाममा सामाजिक संजालको माध्यमबाट क्याम्पसको बदनामी गराउने खालका गतिविधि सम्प्रेषण गरी नकारात्मक टिप्पणीहरु उब्जाउने कुरा आम विद्यार्थीहरुको हितमा नभएको जानकारी गराइ सो विषयमा सचेत भएर क्याम्पसको हितको पक्षमा गोलबद्ध हुन आह्वान समेत गरिएको छ ।
आम विद्यार्थीहरुको चासो र विभिन्न निकायबाट प्राप्त सुचनाहरुका आधारमा शिक्षक नियुक्तिको विषयलाई देखाएर स्ववियुको व्यानरमा अरुनै स्वार्थ पुरा गर्न खोजिएको हो की भन्ने आशंका रहेको विज्ञिप्तिमा उल्लेख छ।
अध्यक्ष रेग्मीको हस्ताक्षर रहेको सो विज्ञिप्तिमा भनिएको छ,”आशंका कुनै आग्रह र पुर्वाग्रहका आधारमा नभइ पुष्टि गर्न सकिने थुप्रै आधारहरु छन । विज्ञप्ति निकाल्ने निर्णय स्ववियु को कुन बैठकले गरेको हो ? किन स्ववियुको बैठकविना नै विज्ञप्ति निकालियो ? स्ववियुमा प्रतिनिधित्व भएका विद्यार्थी संगठनमध्ये सबैभन्दा ठुलो संगठन अनेरास्ववियुसंगको छलफल विना विज्ञप्ति किन निकालियो ? नियुक्ति भएको यतिका दिन पछि किन विद्यार्थी भर्नाको बेलामा यो कुरा उठाइयोर ? हामी यो प्रश्नको जवाफ पनि माग्न चाहान्छौ ।”
बैठक विना गरिएको कुनै पनि निर्णय स्ववियुको आधिकारिक निर्णय नहुने कुरा स्ववियुको विधानमा रहेकोले स्ववियुको नेतृत्वलाई विधान अनुसार चल्न तथा स्ववियुको दुरुपयोग गरेर राजनीति नगर्न आग्रह गरिएको छ ।





















प्रतिक्रिया दिनुहोस्