रोशन दिप – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ८ स्थित कमानेमा कालिका टोल आमा समुहद्वारा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान तथा खिर खाने कार्यक्रम सम्पन्न भएको छ ।

सजिता केसीको सभाध्यक्षतामा भएको कार्यक्रम, राम कृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने एकता आमा समुहकी अध्यक्ष सरस्वती थिङ के।सी,अतिथीमा टोल विकास अध्यक्ष चेतनाथ आचार्य, पतञ्जली जिल्ला योग समिती अध्यक्ष रामकृष्ण थापा, पतञ्जली जिल्ला योग समिती महिला अध्यक्ष श्री शशिकला थापा, एकादशी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भु दुलाल लगाएतको आतिथ्यता रहेको थियो ।

पुरुस्वोत्तम मास तथा खिर खाने दिन साउन १५ सोमबार भएता पनि आज आइतबार एक दिन अघि साउन १४ गतेको दिन कालिका टोल निवासी ५० जना जेष्ठ नागरिकहरुलाई खिर खुवाई रामनवमी दोस्ल्ला ओडाई सम्मान गरि । वडा नं ८ कमाने स्थित राधा कृष्ण मन्दिरमा कार्यक्रम सम्पन्न गरिएको हो ।