बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले चर्चाको विषय नै सडक विस्तार बनेको छ ।

बर्षैदेखि सडक विस्तारको अवधारणा अन्तरगर्त डिभिजन सडक कार्यालय हेटौंडाले गएको साउन १० गते हेटौंडामा सडक विस्तार गरिने र स्थायी÷अस्थाई संरचना हटाउन ३५ दिने सुचना निकालेपछि व्यवसायीहरुले त्रसित बनाएको उल्लेख गरिरहेका छन् ।

हेटौंडा बजार अहिले तरंगित भएसंगै सडक विस्तारको नममा आर्थिक मन्दि, बैंकको व्याजको मार अनि व्यवसायी संगै घरधनीनै सकिने भएकाले स्थानिय सरकारले व्यवस्थित गर्नुपर्ने बताइरहेका छन्।

उता सडक विस्तारमा हेटौंडा उपमहानगरले सर्मथन गर्दै हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामाले बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्यमा रेडि भएको अभिव्यक्ती दिएपछि सडक विस्तार संघिय सरकार अन्तरगर्त कार्यमा स्थानिय सरकारले आइर्एम रेडी भन्नु अनुचित भएको बताए ।
व्यवसायीले  आत्महत्या गर्नुपर्ने अवस्था पर्न सक्ने अवस्थालाइ रोक्न स्थानीय सरकाले नागरिकको पिडा बुझ्नुपर्ने बताइरहेका हुन्।

हेटौंडा उपमहानगर बजार क्षेत्रमा रहेका व्यवसायीकहरु संगठनको माध्यमबाट आफ्नो पिडाको सम्बोधन गरियोस भन्दै संयुक्त रुपमा मेयर उपमेयर , राजनीति दल लगायत देखि मन्त्रालयसम्म पुगेर व्यावसायीले ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।

मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल हेटौंडा ढुवानी एशोसिएसन अध्यक्ष प्रदीप अर्याल,कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई,ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाई, मकवानपुर भाडाँ व्यवसायी संघका महासचिव सञ्जय प्रसाद रौनियार लगायतले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

यता कसैको घर भत्काइने अभियान नभएर सडक बिस्तारको अभियान रहेको सडक डिभिजनले जनाएको छ ।
सर्वोच्च अदालतको २०७८–०९–१९ को उत्प्रेषण आदेशमा २५-२५ गज (७५-७५ फिट) भित्र पर्ने संरचना भत्काउन मिल्ने उल्लेख छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ । संरचना हटाई फिटभित्र पर्ने संरचना हटाई सडक बिस्तार कार्यमा सहयोग गर्न भनिएको छ ।सडक डिभिजन हेटौंडाले भने ३५ दिन भित्र सडकसिमा भित्र पर्ने संरचना नहटाए आफै हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी दिएको छ ।