हेटौंडामा सडक विस्तार गरिने भन्दै जारी गरिएको ३५ दिने सूचनाले  हेटौंडा बजार अहिले तरंगित भएको ।

बर्षैदेखि सडक विस्तारको अवधारणा अन्तरगर्त डिभिजन सडक कार्यालय हेटौंडाले ३५ दिने सुचना निकाल्दै हेटौंडामा सडक विस्तार गरिने रस्थायी÷अस्थाई संरचना हटाउन भन्दै सूचना निकालेपछि हेटौडा बजार तरंगित भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघ लगायतमा अवद्ध रहेकाहरुले सडक विस्तारको नममा आर्थिक मन्दि, बैंकको व्याजको मार अनि व्यवसायी संगै घरधनीनै सकिने गरि योजन अघि सार्न नपाइने भन्दै बिरोध गरेका छन् ।

विगतमा पनि २५ मिटर सडक विस्तार बारे सुचना प्रकाशन भएपछि उद्योग वाणिज्य संघ मकवानपुर लगायतका व्यक्तीत्वहरुले विरोध गरेका थिए ।

यसपटक पनि  बागमती प्रदेशको राजधानी भएसंगै भौतिक पूर्वाधार, बिजुली पानी, लगायत फराकिलो सडक सबैलाई आवाश्यक भएकाले सडक बिस्तारको नाममा घरजग्गा सकाइदिने काम गर्न नपाइने भन्दै बिरोध गरिरहेका छन् ।

उचित मूआव्जा दिएर हुन्छ या एयटा विकल्प दिएर मात्र काम गर्नुपर्ने बताएका हुन्।

यता कसैको घर भत्काइने अभियान नभएर सडक बिस्तारको अभियान रहेको सडक डिभिजनले जनाएको छ ।
सर्वोच्च अदालतको २०७८–०९–१९ को उत्प्रेषण आदेशमा २५-२५ गज (७५-७५ फिट) भित्र पर्ने संरचना भत्काउन मिल्ने उल्लेख छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ ।  संरचना हटाई फिटभित्र पर्ने संरचना हटाई सडक बिस्तार कार्यमा सहयोग गर्न भनिएको छ ।सडक डिभिजन हेटौंडाले भने ३५ दिन भित्र सडकसिमा भित्र पर्ने संरचना नहटाए आफै हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी दिएको छ ।

आइताबार यसै विषयमा छलफलका लागि उपमहानगरको तर्फबाट उपमेयर राजेश बानियाँ, जिसस मकवानपुर प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा,हेटौंडा नगर सभापति उत्सव ईटेनी, नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, रास्वा मकवानपुरका सभापति भरत पराजुली, माओवादी केन्द्रका तिर्थबहादुर थापा, जसपाका दीपक सिंतान, नेकपा एसका विष्णु दाहाल, नेसपाका सुदिप कार्की लगायत संयुत्त, बैठक बसेका थिए ।

बैठकले सडक विस्तार गर्दा सर्वोच्च अदालतको फैसलामा ऐन कानून अनुसार घर धनिहरुको हकमा उचित मुअब्जा तथा क्षतिपूर्ती एवं व्यवसायीहरुको हकमा उचित व्यवस्थापनको लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने निर्णय गरेको हो ।

सडक विस्तार गर्न ऐक्यबद्धता समेत जनाएका छन् ।

यसपटकको सडक विस्तारको ३५ दिने सुचना निकाल्नु, बिरोधका कुरा आउनु र ऐक्यबद्धता जनाइनु अब के हुन्छ भन्नेमा हेटौंडाबासी अन्यौलमा परेका छन्।