हेटौंडा उपमहानगरपालिकामा प्रदेशस्तरीय प्रथम “नव प्रवर्तन उद्यमी विकास सम्मेलन” हुने भएको छ ।
बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समितिको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।
आगामी असार १४ र १५ गते हेटौंडा४ स्थित रोयल पार्टी प्यालेसमा २ दिने सम्मेलन” हुने भएको आयोजकले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै वागमती प्रदेश भित्रका जिल्लाहरुबाट नवप्रवर्तन उद्यमीहरु, इच्छुक लगानीकर्ता महासंघ, प्रदेश समिति तथा जिल्ला समिति लगायतको सहभागी रहने भएको हो ।
करिब २५० जना उद्यमीहरु सहभागी हुने गरी आयोजना गर्न लागीएको कार्यक्रममा सूचना प्रविधि र आधुनिक प्रविधिमा आधारित उद्यम व्यवसायले मात्र अहिलेका उपभोक्ताहरुको चाहना परिपूर्ति गर्ने अवस्था बनिरहेको महासंघ बागमती कार्यबाहक अध्यक्ष तारानाथ चौलागाईंले बताए ।
उनले नेपाल भौगोलिक, प्राकृतिक श्रोत सम्पदाको हिसाबले नव प्रवर्तन उद्यमीहरुका विकासको लागि उर्वर भूमि भएको बताउदै सम्मेलनवाट छानिएकाहरुलाई
राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरु मार्फत प्रवर्द्धन र विकास गर्न सहयोग पुयाउने लक्ष्य रहेको बागमती प्रदेश समितिका कार्यकारी अधिकृत शम्भु नेपालले बताए।
सम्मेलन अतिनै महत्वपुर्ण भएको उल्लेख गर्दै प्रदेशभित्र रहेतापनी अवसर नपाएका नव प्रवर्तक उद्यमीहरुलाई नवप्रवर्तनका विषयमा लगानी गर्न इच्छुक लगानी कर्ताहरुलाई पनि सहभागी हुन प्रेरित गर्न टेवा पुग्ने कार्यवाहक अध्यक्ष तरानाथ चौलागाईंले बताए ।














प्रतिक्रिया दिनुहोस्