नेपाल पर्यटन सम्बन्धी अन्तरकृया तथा फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर-२ मा पर्यटन सम्बन्धी अन्तरकृया तथा फोटो प्रदर्शनी गरिएको छ ।
अठोट नेपाल काठमाण्डौंको आयोजनामा सोमबार उक्त कार्यक्रम गरिएको हो ।
प्रमुख अतिथिी हेटौँडा उपमहानगर मेयर मिना कुमारी लामाले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमले सबै प्रकृतीमा रमाउन थालेमा धेरै कुरा सिक्न सकिने र फोटो भिडियोको माध्यमबाट हेटौँडालाई विभिन्न ठाउहरुमा प्रचार प्रसारण गर्न सकिने बताइन् ।
कार्यक्रमले नेपालको सातै प्रदेशमा फोटो भिडियो प्रदर्शनी गरी नेपालको पर्यटन विकास मा मदत पुर्याउने विश्वास रहेको सुनाइन् ।
नेपालको विभिन्न स्थानहरुमा पर्यटकीय स्थलहरुलाइ दृश्यको माध्यमले प्रबर्धन गर्न सकिन्छ भन्ने उद्देश्यमा कार्यक्रम गरिएको अठोट नेपालको अध्यक्षदेवेन्द्र बहादुर शाहीले बताए ।अठोट नेपालले बिगत १५ बर्षदेखि पर्यटन सङ्ग सम्बन्धीत काम गर्दै आएसंगै विभिन्न संघसंस्थाहरु सँग सहकार्य गर्दै बिभिन्न कार्य गर्दै आएको बताए।
विभिन्न स्थानिय तहहरुसंग सहकार्य गरेर तस्विरका माध्यमले स्थलगत चित्रण गर्दै देखाउने अभियान रहेको बताएका हुन् ।
शाहीले बताए अनुसार स्ंस्थाले पर्यटन बोर्ड पर्यटन मन्त्रलय सँग मिलेर फोटो प्रदर्शनी गर्ने गरेको छ । जनकपुर , श्रीअन्तु इलाम लगायतका जिल्लामा कार्यक्रम गरिने योजना बनेको छ।
अठोट नेपालको अध्यक्ष देवेन्द्र बहादुर शाहीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगर मेयर मिना कुमारी लामाको प्रमुखआतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न व्यक्तीत्व लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्