मकवानपुर सुनचाँदी व्यवसायी संघले आन्तरिक राज्वस्व कार्यालय र जिल्ला प्रशासान मकवानपुरमा ध्यानाकर्षण गराएको छ ।
आर्थिक वर्ष २०८०,०८१ को बजेटबाट सुनचाँदीका गरगहनामा विलासिता कर लगाउने लगायतका विषयलाई केन्द्रित गर्दै ६ बुदै माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
बुधाबार संघका अध्यक्ष पवन कुमार शाक्य सहित कार्यसमिति पदाअधिकारी र व्यवसायीहरु आन्तरिक राज्वस्व र जिल्ला प्रशासान पुगेका हुन् ।
उक्त ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले उक्त सम्बोधनलाई सम्बन्धित स्थान सम्म पुर्याइने बताए ।
……………….
माननीय अर्थमन्त्री ज्युले आ.व.०८०/०८१ को बजेटबाट सुनचाँदीका गरगहनामा २% विलासिता कर लगाउने, भन्सार दरमा वृद्धि गर्ने, झिटीगुन्टा भारीको व्यवस्थामा परिवर्तनज गरि पुरुषलाई २५ ग्राम सम्म र महिलालाई ५० ग्राम सम्म भन्सार छुटमा गरगहना ल्याउन पाउने गरि व्यवस्था गरिएबाट देशै भरिका सुनचाँदी गरगहना व्यवसायी, आम उपभोक्ता, नेपाल सरकारको राजस्व लगाएत समस्त अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने भएकोले सरकारको ध्यानाकर्षण गरिदिनु हुन विनम्रताका साथ निम्न बमोजिमका माग गर्दछौं ।
हाम्रो मागहरु
१. सुनचाँदी गरगहना जस्तो देवानी संहितामा सम्पत्तिक महलमा परिभाषा गरिएको नगद सरहको सम्पत्तिमा लगाइएको २% विलासिता कर खारेज हुनु पर्ने ।
२. भन्सार दरमा ५०% वृद्धि गरिएकोमा त्यसलाई पुनरावलोकन गरि सुनचाँदीको OLG मार्फत व्यवसायी र बैंकलाई खुल्ला गरिनु पर्ने । व्यवसायीको प्यान नं. मा आधारित भई आवश्कता अनुसार कच्चा पदार्थ सुनचाँदी उपलब्ध हुने व्यवस्था गरिनु पर्ने ।
३. नेपालबाट विदेश लियर गएको गहना समय सिमा नतोकि निर्वाध रुपमा नेपालमा खरिद गरिएको बिल देखाएर फिर्ता ल्याउन पाउने व्यवस्था गर्नु पर्ने ।
४. झिटीगुन्टा भारी अर्न्तगत विदेशबाट नेपाल फर्किदा ल्याउन पाउने सुविधाको परिमाण लैङ्गिक विभेद नगरी ५० ग्राम कायम गर्ने र वेरुवा औठि, बाला, सिकी जस्ता कम नोक्सानी हुने गहना ल्याउन बन्देज लगाइ विदेशी कालीगढहरु बाट बनाइएका गरगहना मात्र ल्याउन पाउने र नेपाली रोजगारी खोस्ने व्यवस्थाको संसोधन हुनु पर्ने ।
५. नेपालीहरुलाई तोकिएको भन्दा बढी गरगहना ल्याउदा भन्सार लागे पनि भारतबाट आउने यात्रुहरुलाई विशेष सुविधा हुने गरी वैवाहिक कार्यक्रमहरुमा आउँदा भन्सारमा टिपाएर मात्र पुग्ने र भन्सार तिर्नै नपर्ने गरी ल्याउन पाउने व्यवस्थालाई हटाइनु पर्ने । नेपालको सुन बजारलाई भारतिय गरगहनाको डम्पीङ्ग साइड हुन नदिई राष्ट्रिय व्यवसायको संरक्षण गर्नु पर्ने ।
६. बजेटमा व्यवस्था भएको परम्परागत पेशा व्यवसायलाई संरक्षण गर्ने बुँदालाई आफैले काटेर सुनचाँदी व्यवसायलाई अप्ठ्यारामा पार्ने काम भएकोले त्यसमा सुधार गरिनुपर्ने ।














प्रतिक्रिया दिनुहोस्