हेटौंडा उपमहानगरपालिका वडा नम्बर४ का वडाध्यक्ष नवीन सिग्देल सहित टोलीनै शैक्षिक संस्था क्षेत्र १ सय मिटर वरपर मध्यपान र धुम्रपान विक्री वितरण नगर्न भन्दै अभियानमा जुटेका छन् ।
सो अभियानमा श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौंंडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी मावि लगायतका शैक्षिक क्षेत्रमा सचेतना स्वरूप घरदैलो अभियान चलाइएको हो ।
शैक्षिक क्षेत्रवरपर मदिरापान,धुम्रपान बढ्दैगउको चौतफीृ गुनासो आएपछि वडाध्यक्ष सिग्देलले हात जोडेर वरपर मध्यपान र धुम्रपान विक्री वितरण नगर्न अनुरोध गरेका थिए ।
शिक्षा प्राप्तगर्ने बिद्यालयक्षेत्र वरिपरि मध्यपान र धुम्रपान मुक्त, शान्ति क्षेत्र बनाउनु र लागूऔषध मुक्त, लैङ्गिक हिंसा, वालश्रम विरूद्व अभियान रहेको वडाध्यक्ष सिग्देलले बताए ।
घरदैलोको क्रममा बाल श्रम लगायतका विभिन्न स्थानमा लैङ्गीक हिंसा, लागूऔषतविरूद्व स्टिकर समेत टाँसिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरू, टोल विकासका प्रतिनिधिहरू, महिला तथा बालवालिका सरोकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटौंडा ४, नेपाल प्रहरी, वडा सदस्य जग्गनाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, हेटौँडा ४ की अध्यक्ष माया लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र कुमार बस्ताकोटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को संयोजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौँडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा वालवालिका सरोकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरू सिलवाल, बिद्यार्थीहरु समेत सहभागीता भएका थिए ।














प्रतिक्रिया दिनुहोस्