इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात जायन्ट्सले लगातार दोश्रो जित हासिल गरेको छ।
गएराती भएको खेलमा साविक विजेता गुजरात जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो। दिल्लीले भने लगातार दोस्रो हार ब्येहोरेको छ।
यसअघि दिल्लीले टस हारेर दिल्लीले पहिला ब्याटिङको निम्तो पाएको थियो। पहिला ब्याटिङ गर्दै दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले ३७ रन ,अक्षर पटेलले ३६ रन , सरफराज खानले ३० रन र अभिसेक पोरेलले २० रन बनाए।
गुजरातका लागि मोहम्मद शामी र रासिद खानले तीन तीन विकेट लिए। अलजारी जोसेफले दुई विकेट हात पारे।
जितको लागि १ सय ६३ रनको मध्यम विजयी लक्ष्य गुजरातले १८दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातको जितमा साई सुदर्शन ४८ बलमा ४ चौका र २ छक्कासहित सबै भन्दा वढि ६२ रनमा अविजित रहे। गुजरातका लागि डेभिड मिलरले ३१ , विजय शंकर ले २९ तथा ऋद्धिमान साहा र शुभमन गिल १४/ १४ रन बनाए।
दिल्लीका लागि अनरिख़ नॉर्खिये २ खलील अहमद र मिचेल मार्श एक एक विकेट हात पारे।
यस अघि गुजरात जायन्ट्सले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो। गुजरातले अव कोलकाता नाइट राइडर्ससँग आइतबार खेल्नेछ।दिल्ली क्यापिटल्स पहिलो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो। दिल्लीले शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ। आज बुधबार राजस्थान र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्