निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा आगामी वैशाख १० गते हुने उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ।
प्रतिनिधिसभा सदस्य तनहुँ जिल्ला निर्वाचन क्षेत्र र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो।
मंगलबार एक सूचना जारी गर्दै आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्