बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कटेलले प्रधानमन्त्रीलाई मुद्धा लगाउनु सहि नभएको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटनलाई सम्बोधन गर्दैकार्यक्रमका प्रमुख अतिथि जम्कटेलले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री जम्कटेलले नेकपा माओवादीको लक्ष्य, कार्य, उद्येश्य र राजनीतिको हिसाबले सधैव सहि दिशा तर्फ रहेको दावी गरे ।
पार्टीको दस्तावेज हेर्ने हो भने पनि समाजबाद स्थपना गर्ने लक्ष्यमा रहेको र यसमा नेकपा माओवादीको कुनै कमी नरहेको बताएका हुन् ।
अहिले शान्ति चाहेको बेला प्रधानमन्त्री दाहाल माथी मुद्धा लगाउनु राजनीतिक मुडभेड तर्फ लाने संकेत देखाएको उनको भनाई छ।
अहिलेको मुख्य उदेश्यनै बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई टुङगोमा पु¥याउनुपर्ने भएकाले प्रदेश सरकार यसतर्फ केन्द्रित रहेको मन्त्री जमकट्टेलको भनाई छ।
मुख्य मन्त्री जमकट्टेले भने “मर्नेकै गणना गर्ने हो भने अधिक माओवादीहरुलेनै ज्यान गुमाएका छन् । अदालतै जाने हो र मुद्धा लगाउने हो भने हामी पनि सक्छौं । यसो गर्नेहो भने ७७ जिल्लाका सरोकारवाला देखी बिभिन्न तहमा काम गर्ने हजारौं व्यक्तिहरु छन् । यसरी समस्याको समाधान नहुने भएको विस्तृत शान्ति सम्झौतामै उल्लेख छ ।”
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राजु अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरीबहादुर रावल, केन्द्रिय सदस्य बसन्तराज गौतम लगाएतले मन्तब्य राखेका थिए।














प्रतिक्रिया दिनुहोस्