फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड होलि पर्वलाई रमाइलोका साथ मनाइएको छ ।

मुलुकको पहाडी जिल्लामा आज फागुन २२ गते सोमबार र तराईका जिल्लामा भोली २३ गते मंगलबार होली मनाइदै छ ।

यसपर्वलाई चितवन लगायत केही जिल्लामा आज र भोलीपनि होली मनाउने चलन छ ।

फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाइने होलिमा बिभिन्न स्थानमा होलि मिलन र बिबिध कार्यक्रम गरि मनाउने गरिएको छ ।
होली विशेष शुभकामना आदानप्रदान गर्दै मनाइरहेका हुन् ।

यसैक्रममा बागमती प्रदेशको हेटौंडाका बिभिन्न स्थानमा पनि फागुपर्व होलिमा रंगसंगै रंगिदै मनाएका छन् ।

हेटौंडाका बिभिन्न स्थानमा फागु पूर्णिमाको बबाल रौनक थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप सन्देश आदानप्रदान गर्दै नाचगान सहित एक अर्कालाई रंग लगाई दिएका थिए ।
फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले फगुआ भन्ने विशेष पर्वमा आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वमा रमाएको उल्लेख गरेका थिए ।

असत्यमाथि सत्यको विजयको दिन स्मरण गर्दै पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने धार्मिक चलन छ।

……….

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र भक्त प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भई प्रह्लादलाई आगोले केही नभएको दिनलाई स्मरण गर्दै मनाइदै आएको धार्मिक भनाई छ ।

अर्को परम्पराअनुसार द्वापरयुगमा भगवान श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ ।