नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाडलाई होलिमा होलि मिलन कार्यक्रम गरिएको छ ।
आज फागुन पुर्णिमा पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा फागुपर्व होली खेलेर पर्वलाई मनाइरहेसंगै मकवानपुरे पत्रकारहरुले एक अर्कालाई रंग लगाईदिएर खुसी साटासाट गदै एकअर्कालाई शुभकामना दिदै रमाएका हुन् ।
मकवानपुर शाखा कार्यबहाक अध्यक्ष कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी सभाध्यक्षमा सम्पन्न कार्यक्रममा मकवानपुरका पत्रकारहरु भेलाभई मनाइएको हो ।
होली विशेष शुभकामना आदानप्रदानले रङ्ग जस्तै जिवन खुसीमय रंगिन बनाउन र आउदा दिनमा खुसी भर्ने सन्देस जाओस् भन्ने सोच सहित आयोजना गरिएको कार्यक्रममा बिभिन्न संचारमाध्यममा आवद्ध मकवानपुरमा रहेका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
यो पर्वले वसन्त ऋतुको आगमनको संकेत समेत गरेको भन्दै होलीको दिनमा मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँने गर्छन् ।
हिन्दू संस्कृति अनुसार त्रेता यूगमा हिरण्य कश्यपका पुत्र भक्त प्रल्लाहदलाई जलाएर मार्न आफ्नै बहिनीलाई हिरण्य कश्यपको आदेशमा उनकै बहिनी होलिकाले आफुले आगोमा लिएर भष्म पार्न लाग्दा आगोमा नजल्ने वरदान पाएकी होलिका आँफै आगोमा भष्म भएर बिष्णु भक्त प्रल्हादलाई केही नभएको मान्यता छ ।
होलिका भष्म भई भक्त प्रल्लाहाद जिवित भएपछि असत्यको हार र सत्यको जित भयो भन्दै त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ भन्ने पनि गरिन्छ भने आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवतीका जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, नाच्दै रमाइलो गर्ने चलन छ ।
असत्यमाथि सत्यको विजयको दिन स्मरण गर्दै पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने धार्मिक चलन छ।














प्रतिक्रिया दिनुहोस्