बागमती प्रदेशको राजधानी हेटौंडाको युवाउद्यमी तथा व्यवसायी प्रदीप राउत, राज न्यौपाने र प्रमोद घिमिरेको एभरेष्ट बार्बर सपको शुभारम्भ भइसकेको छ ।
जिल्ला युवा समिति मकवानपुर अध्यक्ष शिवहरि दाहालले हेटौंडा उपमहानगरपालीका वडा नं ४ स्थित स्कुलरोडमा शुरु गरेको एभरेष्ट बार्बर सपको अवलोकन र प्रोत्साहन गरेका छन् ।उनले युवाको उद्यमशीलता विकास र व्यवसाय प्रवद्र्धनमा जिल्ला युवा समितिले आवश्यक कार्य सञ्चालन गरिरहेको जानकारी गराए।
श्रम पोख्न वैदेशिक रोजगारी नै उपयुक्त विकल्पको रुपमा हेर्ने हाम्रो निराशावादी धारणालाई टोड्दै सिप, अनुभव र क्षमता भए स्वदेशी माटोमा नै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्न सफल भएको र आमयुवाले उनको टिमको खुलेर प्रशंसा र प्रोत्साहन गर्नुपर्ने पनि उनले बताए ।



























प्रतिक्रिया दिनुहोस्