पछिल्लो समयमा एनएस सिनेमा हल हेटौडामा बलिउड सुपरस्टार शाहरुख खान अभिनित मुवी पठानले बजार तताइ रहेकै अवस्थामा आज माघ २० गते शुक्रबार देखी अर्का ३ मुवी पनी प्रदर्शनमा आएका छन् ।
पठानले अहिले विश्व बजारमा चर्चा कमाई रहेकै अवस्थामा पेटन रिडद्वारा निदेर्शित हलिउड मार्वल्स मुवी एंट मैन जुन तपाइरुले ३डिमा हेर्न सक्नु हुनेछ र रामबाबु गुरुङद्वारा निर्देशित विपिन कार्की, दयाहाङ राई, अभिनेत्री प्रियंका कार्कीद्वारा अभिनित सामाजिक नेपाली कथानाक चल्चित्र ‘फूलबारी’ पनि आज देखी तपाइहरुले हेर्न सक्नु हुनेछ ।
त्यस्तैगरी रोहित धवनद्वारा निदेर्शित बलिउड हिन्दी चलचित्र शहेजादा पनि हेर्न सक्नुहुने छ। जसमा कार्तिक आर्यन, कृति सेनन, परेश रावल मनिषा कोइराला लगायतको अभिनय रहेको छ ।चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने हल संयोजक किशोर राज पौडेलले बताए ।
बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाइ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७ – ५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्