स्वतन्त्र पत्रकार संघ मकवानपुरको आयोजनामा पत्रकार र सरोकारवाला विच अन्तरक्रिया गरिएको छ ।
अइताबार गरिएको अन्तरक्रियामा क्रिकेट खेलको आधारभूत नियमबारे सञ्चारकर्मी हरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रि क्रिकेट एम्पाएर बिनोद बानियाँले क्रिकेट खेलको नियमहरु,कलएण्ड सिग्नल लगाएतका भाषागत जानकारी दिदै
समाचार संकलन तथा लेखनका क्रममा ध्यान दिनुपर्ने विषयहरु बताए ।
उनले मकवानपुरमा क्रिकेट मैदान अभाबमा खेलाडीहरु उत्पादनमा समस्या रहेको समेत बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले अन्तरकृयाले क्रिकेट खेलको समाचार संकलनमासंचारकर्मीहरुलाई सहयोग पुग्ने विश्वास रहेको बताए ।
संचारकर्मीहरुले क्रिकेट खेलको विषयमा समाचार सम्प्रेषणमा अझ धेरै जानकारी होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीले बताए ।
अध्यक्ष अधिकारीको सभाध्यक्षता मकवानपुर क्रिकेट संघका अध्यक्ष बाशुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्रिकेट खेलका पदाधिकारी, प्रशिक्षक, खेलाडी प्रतिनिधि र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्