बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न आउनेहरु उत्साहित निकैदेखिएका छन् ।
लामो समयदेखी रोकिएको व्यापार महोत्सव यसपाली संघले आयोजना गर्न सफल भएकोहो ।
हेटौंडा १०, टिसिएन चौरमा आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।
यसैविच मेला भर्नआउदा लिएर आउने सवारी साधानको लागि पार्किङको व्वस्थापनि गरिएको छ।
यसको जिम्मेवारीमा भुटनदेवी युवा क्लबले लिएको जनाइएको छ ।
मेला स्थलको बाहिरी चौरमा सवारी साधान पार्किङ्ग गरे बापत शुल्क लिएर सानो चिट मात्र थमाइने र कुनै आधिारिकता नभएको मेला भर्न आउनेहरुको गुनासो छ ।
क्लबले सहयोग गरेको भन्दै यसरी आधिारिक बिल भौचर बिना शुल्क उठाउन नपाउनुपर्ने मेला भर्न आउनेहरु भन्छन् ।
उनिहरु भन्छन् “हामीलाई शुल्क तिनुपर्नेमा आपत्ती होइन बिना आधार एउटा चिटको भरमा रकम उठाउनु गलत हो । शुल्क लिइरहदा न स्थानिय सरकार न वडा नत वाणिज्य संघले दिएको अधिकारको पत्रनै छ ।”
गुनासो अनुसारै रातो समाचारको प्रश्नमा लिएको शुल्क भन्दापनि व्यवस्थापनका लागि सहयोग सम्झनुपर्ने क्लबका अध्यक्ष सबिन मुक्तानले बताए ।
उनले भने “उद्योग वाणिज्य संघ वडा र उपनगरपालिकासंग सल्लहा गरका हौं । लिखितम दिएर यति शुल्क लिनु भन्नु भएको त होइन । बिना बिवाद काम गर्न भन्नु भयो ।। हामी स्थानिय युवा खटिएका हौं ।”
यसै विषयमा अरु के के भने ? त्यसकालागि हेर्नुहोस भिडियो ।















प्रतिक्रिया दिनुहोस्