मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित बागमती प्रदेशको राजधानी हेटौंडामा आज बुधाबारदेखि ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको छ ।
संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापा मेला गरेको थियो । त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
त्यस्तैगरी २०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।
बागमती प्रदेश मुख्य मन्त्रि शालिकराम जमरकटेलले हेटौंडा १० टिसिएन चौरमा आजै देखि सुरु भएको मेलाको उद्घाटन गरेका हुन् ।मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको आयोजकले जनाएको छ ।
व्यापार महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहो छन् ।मेलामा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिका सहित बिभीन्न निजी क्षेत्रका उद्योगहरुले पनि सहयोग गरेको हो ।
१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान छ । मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।
महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने छ ।
महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रर्वद्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत गराइने छ ।तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०,३० हजार, द्वतियहुनेले २०,२० हजार र तृतिय हुनेले १०, १० हजार र सान्त्वले ५,५ हजार प्राप्त गर्ने छन् ।















प्रतिक्रिया दिनुहोस्